दशौँ राष्ट्रिय खेलकुद फेरि सर्यो
बिहीबार, फागुन १५, २०८१
रामपुरमा भएको प्रथम अकला कपको उपाधि मोहमीलाई
बुधबार, माघ ९, २०८१
प्रथम अकला कप २०८१ को उपाधि मोहमी युवा क्लव चापाकोट –६ स्याङ्जाले हात पारेको छ । अकला युथ क्लव रामपुर –७ आमडाँडा पाल्पाको आयोजनामा भएको खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा लाङ्घाली उत्थान समाज पूर्वखोला १ सिलुवालाई सोझो सेटमा हराउँदै क्लवले उपाधि हात पारेको हो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा माविलाई
मंगलबार, माघ ८, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि रेसुङ्गा मावि तम्घासले हात पारेको छ । तम्घासको चिदीचौर खेल मैदानमा सञ्चालन भएको अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १२ स्वर्ण, १० रजत, ४ कास्य प्राप्त गर्दै रेसुङ्गा माविले उपाधि जित्न सफल भएको हो ।
कटौजेपानीमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुँदै
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कटौजेपानी खेलमैदानमा पालिकास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । रैनादेवी छहरा गाउँपालिकाले यही पौष २८ गतेदेखी २९ गतेसम्म पाँचौं अध्यक्ष कप अन्र्तगत पालिकास्तरीय प्रतियोगिता गर्न लागेको हो ।
दोस्रो टेस्ट क्रिकेटमा जिम्बावेको हार
सोमबार, पुस २२, २०८१
दोस्रो टेस्ट क्रिकेटमा अफगानिस्तानले जिम्बावेलाई ७२ रनले हराएको छ । योसँगै अफगानिस्तानले दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको छ ।
चर्च ब्वाइजको पुनरागमन जित
शुक्रबार, पुस १२, २०८१
एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको एन्फा यू–१६ लिगमा चर्च ब्वाइजले संकटाविरुद्ध २–१ को पुनरागमन जित हात पारेको हो ।
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
आइतबार, पुस ७, २०८१
गुल्मीको मुसिकोट नगरपालिका–७ वामीटक्सार बजारमा यही पुस १२ देखि २१ गतेसम्म पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । दोस्रो मुसिकोट महोत्सवका अवसरमा मुसिकोट नगरपालीकामा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा महर्जन नियुक्त
बुधबार, मंसिर २६, २०८१
नेपाल लोकतान्त्रिक खेलकुद संघ पाल्पाको अध्यक्षमा रूपेश महर्जन नियुक्त भएका छन् । उनलाई मंगलबार लोकतान्त्रिक खेलदकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचनले खेलकुद संघको विधान २०७९ को भाग ६ को २४ बमोजिम पाल्पा जिल्लाको अध्यक्षको रुपमा नियुक्त गरेका हुन् ।
एनपिएल क्रिकेट : लुम्बिनी लायन्सको जित
मंगलबार, मंसिर २५, २०८१
नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो । लुम्बिनीले दिएको...
कर्णालीले विराटनगरलाई हरायो
शनिबार, मंसिर २२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ७ रनले पराजित गरेको छ ।
रूपन्देही क्रिकेट संघद्वारा सात खेलाडीलाई मासिक सुविधा
सोमबार, मंसिर १७, २०८१
रुपन्देही क्रिकेट संघले चालु आर्थिक वर्षमा सात जना खेलाडीलाई मासिक सुविधा दिने निर्णय गरेको छ । खेलाडी कल्याणकारी कोषअन्तर्गत आर्थिक वर्ष २०८१/८२ का लागि मासिक रु पाँच हजार दिने गरी सात जना खेलाडी छनोट गरिएको संघका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए ।


