Shittalpati
दक्षिण अफ्रिकाको लगातार तेस्रो जित, बंग्लादेश ४ रनले पराजित

काठमाण्डौं, आईसीसी टी–२० विश्वकपमा बंग्लादेशलाई हराउदै दक्षिण अफ्रीका लगातार तेस्रो पटक जित निकालेको छ । दक्षिण अफ्रीकाले ब·लादेशलाई ४ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको ब·लादेशले ७ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।

बंग्लादेशका टोहिड ह्दयले सर्वाधिक ३७ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए । त्यसअघि न्युयोर्कमा टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए । बंग्लादेशका तान्जिम सकिबले ३ विकेट लिए । जित पछि समूह ‘डी’ मा दक्षिण अफ्रिकाको ३ खेलमा ६ अड्ढ भएको छ । ब·लादेश र नेदरल्यान्ड्सको समान २–२ खेलमा समान २–२ अंकरहेको छ । भने नेपाल र श्रीलड्ढा अंकविहिन छन् । नेपालले १ खेल खेलेको छ भने श्रीलड्ढाले २ खेल खेलेको छ । नेपालले बुधबार श्रीलङकासँग खेल्दैछ । 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update