गुल्मीको विमानस्थलमा मन्त्री झाँक्रीले गरिन् अनुगमन
शुक्रबार, पुस १६, २०७८

पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा
शुक्रबार, पुस १६, २०७८
प्रायः अन्य संघ संस्थाहरुका औपचारिक कार्यक्रमहरुमा देखिने तर पार्टीका कार्यक्रमहरुमा सबै राजनितिक दलहरु कमैमात्रमा देखिने गरेको पाइन्छ ।

नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
शुक्रबार, पुस १६, २०७८
यही पुस २३ गते नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन हुने भएको छ । पुष्पलाल, मदन भण्डारीदेखि मनमोहन अधिकारीले भूमिगत जीवन बिताएको स्थान तानसेन नगरपालिका वडा ९ मदनपोखरा तिन्टीआँपमा नवौं अधिवेशन आयोजना गरेको नेकपा एमाले पाल्पाले जनाएको छ ।

सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश
बुधबार, पुस १४, २०७८
एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वाँदीको सिङ्गो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरी नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् । स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।
.jpg)
प्रचण्ड र माधवले सपनामा पनि गठबन्धन देख्न थाले : विष्ट
सोमबार, पुस १२, २०७८
नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव गोकर्ण विष्टले प्रचण्ड र माधवले सपनामा पनि गठबन्धनको सपना देख्ने गरेको बताए । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा रहेको जनज्योति क्याम्पस फुर्कोट दहको १३ औं साधारण सभाको कार्यक्रममा विष्टले प्रचण्ड र माधव नेपाललाई गठबन्धन कायम रहेन भने पार्टी रहन्छ भने कुरामा विश्वास नरहेको बताए ।

पत्रकार शिवाकोटी: पत्रकारिता मार्फत काँग्रेस केन्द्रीय सदस्य
सोमबार, पुस ५, २०७८
पत्रकारिता मार्फत नेपाली काँग्रेसको राजनीतिमा हाम फालेका नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यी हुन् काँग्रेस उपसभापति र महामन्त्रीमा निर्वाचित हस्तीहरु
शुक्रबार, पुस २, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम आएको छ । बिहीबार प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा निर्वाचित भएका छन् ।

महामन्त्रीमा निर्वाचित को हुन् गगन थापा ?
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेता गगन थापा निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा उनले सर्वाधिक ३ हजार २३ मत ल्याएर विजयी भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

महामन्त्रीमा निर्वाचित को हुन् विश्वप्रकाश ?
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेसको चौधौं महाधिवेशनबाट विश्वप्रकाश शर्मालाई महामन्त्री बनाएका छन् । विधानअनुसार दुई जना महामन्त्री निर्वाचित हुनुपर्नेमा दोस्रो मतसहित शर्मा महामन्त्री बन्न सफल भएका हुन् । उनी १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसहित पार्टी प्रवक्ता भएर कार्यकाल कौशलपूर्वक सम्पन्न गरेका थिए । पदसँगै उनको गरिमामात्र हैन जिम्मेवारी पनि उत्तिकै बढेको छ ।...

काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा विजयी
बिहीबार, पुस १, २०७८
नेपाली काँंग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्मा र गगन थापा निर्वाचित भएका छन् । गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी भएका हुन् । कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थापाले सबैभन्दा बढी मत ल्याएका छन् ।

काँग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
बिहीबार, पुस १, २०७८
नेपाली काँग्रेस उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । पार्टीको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावमा यी दुई जना विजयी भएका हुन् ।

काँग्रेस सभापतिमा फेरी देउवा निर्वाचित
बुधबार, मंसिर २९, २०७८
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएका हन् । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हन् ।

संसदमा विरोधका बीच अध्यादेश पेश
मंगलबार, मंसिर २८, २०७८
मंगलबार बसेको संसद् बैंठकमा एमाले सांसदको विरोधका बीच अध्यादेश पेश भएको छ । कानुन न्याय तथा संसदीय मामीलामन्त्री दिलेन्द्र प्रसाद वडुले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश पेश गरेका हुन् । यस्तै, बडुले रेल्वे अध्यादेश पनि पेश गरे ।