Shittalpati
गठबन्धनका नेताहरु अब को प्रधानमन्त्री हुने भन्ने मै व्यस्त छन् : एमाले उपमहासचिव ज्ञवाली

कृष्ण पोखरेल
पाल्पा, नेकपा एमालेका उप–महासचिव प्रदीप कुमार ज्ञवालीले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरूको अब को को प्रधामन्त्री बन्ने भन्ने मै व्यस्त रहेको बताएका छन् । नेकपा एमाले पाल्पाले तानसेनमा गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै एमाले उप–महासचिव ज्ञवालीले गठबन्धनका नेताहरु देश बनाउने भन्दा पनि आगामी पाँच वर्षसम्म बार्गेनिङ्ग गरी सत्ता हत्याउने छलफलमा बित्ने गरेको बताएका हुन् ।

उनले वर्तमान सत्ता गठबन्धनका नेताहरू राजनीतिक बेश्याबृत्तिमा लागेको समेत आरोप लगाए । एउटासँग मिलेर चुनाव लड्यो, अर्कोसँग मिलेर सरकार बनायो, जसलाई वर्ग सत्रु देख्यो, उसैलाई शिरमा राखेर हिँड्यो यो अवस्थाले कहिल्यै देशमा स्थिरता नहुने भएकाले एमालेलाई मतदान गर्न उप–महासचिव ज्ञवालीले कार्यकर्तालाई आग्रह गरे । सरकारले नीति तथा कार्यक्रममार्फत नै नेपालको ऊर्जा उत्पादन तथा व्यापारमा भित्री रुपमा भारतीय पक्षलाई भित्राएको रहस्य खुल्दै आएको उनले दाबी गरे । अहिलेका सत्तागठबन्धनका नेताहरू संविधान, ऐन नियम कानुन मिचेर भएपनि बल प्रयोग गरेरै भएपनि सत्ता हात पार्ने काममा लागिरहेका उनको भनाइ थियो ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत गई विदेशी भूमिमा सत्ताको बार्गेनिङ्ग गरि आएको हुन् । देशका लागि यो भन्दा लाजमर्दो काम अरू हुनै सक्दैन,’ उनले भने । सरकारले संविधान, ऐन नियम कानुन मिचेर काम गर्दै आएको, प्रधानन्यायाधीशको महाअभियोग मुद्दा ६ महिनासम्म सरकारले लुकाएर राखेको, अब चुनावी मसला बनाउन अहिले पुनः वियूँत्याएको उनले आरोप लगाए ।

कार्यक्रममा नेकपा एमाले पोलिटिव्युरो सदस्य ठाकुर गैरेले सरकारले ल्याएको नागरिता ऐनकै कारण बास्तविक नेपाली जनताहरु अल्पमतमा पर्दै जाने, सुरक्षा अंगदेखी सरकारका सबै तह र तप्कामा विदेशी नागरिकले प्राथमिकता पाउने गरी सत्ताको आसमा ५ दलिय गठबन्धनले नागरिकता विधियेक जवरजस्त रुपमा पारित गरेको बताए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, सचिव रामजी पोखरेल, लुम्बिनी प्रदेश कमिटी सदस्य देवी प्रसाद बस्याल लगायतले पाल्पाको दुबै क्षेत्रमा एमालेको जित सुनिश्चत रहेको बताए । बगनासकाली गाउँ कमिटी अध्यक्ष हरि प्रसाद पाठकको सभापतित्व, तानसेन नगर कमिटीका अध्यक्ष गुराश आत्रेयको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update