Shittalpati
पाल्पामा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस

पाल्पा, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति तोकिएसँगै पाल्पाका राजनीतिक दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार सिफारिस गरेको छ ।

केन्द्रले प्रतिनिधि सभा क्षेत्र नं. २ बाट संघीय सांसदमा केन्द्रीय सदस्य अनिल किशोर घिमिरे र कोशल राज न्यौपानेको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा क्षेत्र नं २ (क) मा प्रदेश सांसदका लागि नेत्र प्रसाद पाण्डेयको नाम सर्वसम्मत रुपमा छनोट गरेको छ । प्रदेश सभा क्षेत्र २ (ख)बाट प्रदेश सांसदमा तुलाराम घर्ती, वैकल्पिक केन्द्रीय सदस्य चक्रव्यूह थापा, पुरन केसी र जिल्ला संयोजक राजेन्द्र विश्वकर्माको नाम सिफासिर गरिएको माओवादी केन्द्रले जनाएको छ ।

यस्तै पाल्पा क्षेत्र नं. १ (क) बाट प्रदेश सांसदमा जितबहादुर मश्रांगी हिरा र कमल भट्टराई, क्षेत्र नं. १(ख) बाट दिनेश अर्याल, हुमबहादुर सुनारी, अर्जुन श्रेष्ठको नाम सिफारिस भएको छ । मओवादीले समानुपातिक र बाँकी संघीय सांसदको भने २० गते भित्र टुंगो लगाउने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update