Shittalpati
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं

कृष्ण पोखरेल
पाल्पा, आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।

सिफारिसमा परेका खनाल र आचार्य हाल लुम्बिनी प्रदेशका सांसद समेत हुन् । एमालेले प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं २ मा पोलिटिब्युरो सदस्य तथा युवा नेता ठाकुर गैरेको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । गैरेको नाम पाल्पा क्षेत्र नं.२ प्रतिनिधीसभा सदस्य सर्वसम्मतरूपमा सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष चिरञ्जिवी पोखरेलले बताए । गैरे लामो समयदेखि एमालेको राजनीति गर्दै आएपनि पहिलो पटक प्रतिनिधी सभा सदस्य पदका लागि जिल्लाबाट निर्विरोध उम्मेदवार सिफारिसमा परेका हुन् । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पाबाट अनेरास्ववियुको राजनीति शुरु गरेका गैरे अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भई विद्यार्थी आन्दोलनमा सक्रिय युवा नेता हुन् । नेकपा एमाले भित्र खरो तथा प्रभावशाली विचारका व्यक्तिको रुपमा गैरेको छुट्टै पहिचान रहेको छ ।

यस्तै प्रदेश सभा सदस्य पाल्पा क्षेत्र नंं १ क मा राजु श्रेष्ठ, राजेन्द्र लम्साल, देवीलाल लामिछाने, कृष्णबहादु सारु महिलामा सञ्जु परियार र ईश्वरी खनाल सिफारिस भएका छन् । पाल्पा क्षेत्र नंं १ ख प्रदेश सभा सदस्यमा विनोद कुमार श्रेष्ठ, विजय रानाभाट, खेम सारु, अर्जुन रेग्मी, तुल्सीराम भुसाल, विमल काफ्ले, ईश्वरी न्यौपाने, एक प्रसाद भण्डारी महिलामा कल्पना केसी, भगवती राना, उर्मिला अर्याल शर्मालाई सिफारिस गरेको एमाले रम्भाका सचिव विजय रानाभाटले बताए । पाल्पा क्षेत्र नंं २ क मा प्रदेशसभा तर्फ फर्सुराम भट्टराई एकल सिफारिसमा परेका छन् भने क्षेत्र नंं २ ख मा ओमबहादुर घर्ती मगर, रामजी भट्टराई, रामजी पोखरेल, कृष्ण जिसी र तुलबहादुर अधिकारीको नाम सिफारिस भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update