Shittalpati
नेपाली काँग्रेस पाल्पाले गर्यो प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको नाम सिफारिस

कृष्ण पोखरेल
पाल्पा,
आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभा निर्वाचनको लागि नेपाली काँग्रेस पाल्पाले उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।काँग्रेसले पाल्पाको क्षेत्र नंं १ मा प्रतिनिधी सभाको प्रत्यक्ष तर्फ ज्ञान बहादुर गाहा, दान बहादुर पछाई, कल्प पौडेल र सन्दिप रानालाई सिफारिस गरेको छ भने प्रतिनिधी सभा क्षेत्र नंं २ मा विर बहादुर राना, हरि प्रसाद नेपाल र डा. चिरञ्जिवी नेपाललाई सिफारिस गरेको छ । यसै गरी प्रतिनिधी सभा समानुपातिकमा क्षेत्र नंं १ मा सन्दिप राना, विष्णु माया ढकाल, विजयराज घिमिरेलाई सिफारिस गरेको छ । यसैगरी क्षेत्र नंं २ मा समानुपातिकतर्फ राजन प्रसाद पन्त, विधान श्रेष्ठ, लाल कुमारी राना, महेश्वरी कुवँर, शोभा शाक्य, सिता नेपाल र जमिला मिया रहेका छन् ।
प्रदेश सभा तर्फ पाल्पा क्षेत्र नंं १ क प्रत्यक्षमा श्यामकान्त खनाल र समानुपातिक तर्फ अर्जुन विक, देवराज ढकाल, हजिल दिन मियाँ, बोम ब थाप र बिष्णु देवि घिमिरे आचार्यलाई सिफारिस गरेको छ । क्षेत्र नं.१ (ख) बाट प्रत्यक्षतर्फ ऋषिराम अर्याल र शंकर खनाललाई सिफारिस गरेको छ भने समानुपातिक तर्फ तारा रसाईली, युवराज पौडेल र भरत सराइली लाई सिफारिस गरेको नेपाली काँग्रेसका सचिव सन्तोष कुमार थापाले जानकारी दिए ।

पाल्पा क्षेत्र नंं २ क प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फ कृष्ण प्रसाद बस्याल, विधान प्रसाद श्रेष्ठ, माधव प्रसाद नेपाल, शान्ता बोहोरा र कृष्ण बहादुर आले सिफारिसमा परेका छन् । क्षेत्र नंं २ ख बाट प्रत्यक्ष तर्फ राम बहादुर कार्की ( पुर्व डिआइजी), राम बहादुर कार्की ( पुर्व पालिका अध्यक्ष) महेन्द्र प्रसाद पाण्डेलाई सिफारिस गरेको छ । यसैगरी प्रदेश सभा समानुपातिक तर्फ क्षेत्र नंं २ क बाट १४ जना उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जसमा अजयमान कर्माचार्य, कृष्ण बहादुर राना, गंगा पौडेल कोईराला, झपेन्द्र गैरे, धनकला गाहा, बसन्ती घिमिरे, विष्णु बहादुर गाहा, मिना पंन्थी, यमलाल तिमिल्सिना, रमा पन्त, राजेन्द्र गोपाल सिंह, राधेश्याम ज्ञवाली, शान्ती झेडी थापा र सुनिल बुढाथोकीलाई सिफारिस गरेको प्रदेश २ क का कोषाध्यक्ष विष्णु बहादुर गाहाले जानकारी दिए । यसैगरी क्षेत्र नंं २ ख प्रदेश सभा समानुपातिक तर्फ नल बहादुर राना, दान बहादुर गाहा, तेज कुमारी थापा, विनु दमाई गौतम, शुरेस पौडेल, माधव वहादुर थापा र खड्ग बहादुर थापा लाई सिफारिस गरेको छ ।
नेपाली काँग्रेसले प्रतिनिधीसभा र प्रदेश सभाको लागी उम्मेदवारहरुको नामावली सिफारिस गरेपनि ५ दलिय गठबन्धनमा कुन क्षेत्र कुन पार्टीलाई भन्ने अझै टुङ्गो लागेको छैन । पाल्पामा ५ दलिय गठवन्धन भएपनि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सिटबाडफाड गर्ने देखिएको छ । नेकपा समाजवादीले प्रतिनिधीसभाको पाल्पा क्षेत्र नंं २ मा दावी गरेको छ भने नेकपा माओवादी केन्द्र लाई पुरानै क्षेत्र नंं २ ख प्रदेश सभा सदस्य दावी गर्दै आएको छ ।

प्रदेश सभाबाट सिफरिस भएका उम्मेदवारको नामावली क्षेत्रिय समिती पठाउने, क्षेत्रले जिल्लामा, जिल्लाले प्रदेशमा र प्रदेशले केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारहरुको अन्तिम नामावलीको टुङ्गो लगाउने सचिव सन्तोष कुमार थापाले बताए ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update