Shittalpati
पाल्पामा माओवादी केन्दबाट उम्मेदवार सिफारिस

कृष्ण पोखरेल
पाल्पा, आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधी सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको सिफारिस गरेको छ । विभिन्न चरणहरुमा बसेको बैठकले प्रतिनिधी सभा सदस्यमा क्षेत्र नं. १ मा लिला सोमै र क्षेत्र नंं २ मा अनिल किशोर घिमिरेलाई सर्व सम्महत सिफारिस गरेको हो । यसै गरी प्रतिनिधी सभा समानुपातिक तर्फ दलबहादुर राना, पार्वती विक, केशव पौडेल, हिरा थापा, बलु गैरे, अर्जुन कुमार श्रेष्ठ र तुलसा राना लाई सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ क मा कमल भट्टराई सर्वसम्महत सिफारिसमा परेका छन् भने ख मा भने दिनेश अर्याल र हुमबहादुर सुनारीलाई सिफारिस गरेको छ । क्षेत्र नंं २ क मा नेत्र प्रसाद पाण्डेको एकल सिफारिस परेको छ भने ख मा बसन्त घर्ती ,राजेन्द्र बिक ,चक्रब्युह थापा, पुरन केसी, मेघराज आचार्यको नाम सिफारिस भएको छ । प्रदेश सभा समानुपातिकमा गिता बिक, खुमबहादुर बिक, जानुका घर्ती, केयरसिङ राना, सान्ता शारु, पदम सोमै, राजेश श्रेष्ठ, हेमराज अर्याल, पिताम्बर भट्टराई हाजिरा खातुन, नवीन ओलि, लक्ष्मी ढकाल, धनेन्द्रराज घिमिरे, लोकनाथ गौतम नुना दिसुवा र जगत सुनारीलाई सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update