Shittalpati
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न
नयाँ मन्त्रीहरूको नामसहित प्रधानमन्त्री दाहाल पुगे राष्ट्रपति रामचन्द्रलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयमा पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शितल निवास पुगेका हुन् ।
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो : सचिव पौडेल
नेपालको राजनीतिमा ‘कोर्स करेक्सन’, वामपन्थी ध्रुवीकरण अघि बढ्यो : सचिव पौडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले नेपालको राजनीतिलाई ‘कोर्स करेक्सन’ गरेर वामपन्थी ध्रुवीकरणतर्फ लैजानुपर्छ भनेर नयाँ गठबन्धन बनाइएको दाबी गरेका छन् । 
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुन्छ, त्यसका लागि कानुन ल्याउँदैछौं  : कानुनमन्त्री गुरुङ
वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुन्छ, त्यसका लागि कानुन ल्याउँदैछौं : कानुनमन्त्री गुरुङ कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका छन् । शनिबार पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सवको उद्घाटन गर्दै उनले भ्रष्टचार अन्त्यका लागि वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन हुने बताएका हुन् ।
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ
दस्ताबेजमा गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट छ : उपसभापति गुरुङ नेपाली काँग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन गर्ने वा नगर्ने विषय साइलेन्ट रहेको बताएका छन् ।
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन
काँग्रेस संगठनलाई बलियो बनाउन भातृ, शुभेच्छुक संस्थाहरु क्रियाशिल बन्न जरुरी छ : सभापति पुन , नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले कांग्रेसलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्ने बताएका छन् ।
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण
पाल्पामा मापदण्ड विपरीत सञ्चालनमा आएका खानी रोक्न वाइसीएलले गरायो सिडियोको ध्यानाकर्षण नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) पाल्पाले जिल्लामा  मापदण्ड विपरीत सञ्चालित चुनढुङ्गा खानी रोक्न पाल्पाका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । वाइसीएलले प्रमुख जिल्ला अधिकारी आनन्द प्रसाद काफ्लेलाई भेटेर मापदण्ड विपरीत सञ्चालनमा आएका चुनढुङ्गा खानी रोक्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
राजेन्द्र महतोले  छोडे लोसपा
राजेन्द्र महतोले  छोडे लोसपा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् ।  वरिष्ठ नेता महतोले आज पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गरेका हुन् । 
पाल्पामा पनि राप्रपाको दवाबमूलक प्रदर्शन, सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पाल्पामा पनि राप्रपाको दवाबमूलक प्रदर्शन, सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  पाल्पासहित देशैभर दवाबमूलक प्रदर्शन गरेको छ । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग...
काँग्रेस महासमिति बैंठकमा पाल्पाको साझा अवधारणा
काँग्रेस महासमिति बैंठकमा पाल्पाको साझा अवधारणा नेपाली काँग्रेस पाल्पाले महासमितिको केन्द्रीय बैंठकका लागि साझा अवधारणा बनाएको छ । पाल्पाका दुई वटै निर्वाचन क्षेत्रका महासमिति सदस्यहरुको शुक्रबार रम्भा गाउँपालिकाको रिमिघा लेकमा बसेको बैंठकले महासमितिको केन्द्रीय बैंठकका लागि साझा अवधारणा बनाएको हो ।
पाल्पाको रिमिघा लेकमा काँग्रेस महासमिति बैंठक बस्दै 
पाल्पाको रिमिघा लेकमा काँग्रेस महासमिति बैंठक बस्दै  जिल्लाको रम्भा गाउँपालिका २ र ३ स्थित रिमिघा लेकमा नेपाली काँग्रेस पाल्पाको महासमिति बैंठक बस्ने भएको छ । काँग्रेसले संविधान निर्माता, पूर्वप्रधानमन्त्री शुसिल कोइरालाको ८ औं स्मृति दिवसको अवसर पारेर शुक्रबार (भोलि) रिमिघामा अवधारण पत्र तयारी महासमिति बैंठक राखेको हो ।
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा
गुल्मीका बाँदर पीडित किसानलाई गुलेली र मटेंग्रा जिल्लाको रुरु क्षेत्र गाउँपालिका–२ ग्वादीका ८१ वर्षीय चन्द्रमणी बराल बिहीबार गुलेली र मटेंग्रा पाएपछि खुसी देखिन्थे । गाउँमा बाँदर आतंक बढेपछि नेपाली काँग्रेस गुल्मीले ‘गुल्मी काँग्रेसको अठोट, सवल वडा सक्षम टोल’, अभियान अन्तर्गत समुदायमा काँग्रेस अभियानको क्रममा गुलेली र मटेंग्रा निःशुल्क वितरण गरेपछि बराल उत्साहित भएका हुन् ।
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल
सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन सकेन : एमाले नेता पोखरेल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता स्वार्थका कारण लोकतन्त्र संस्थागत हुन नसकेको बताएका छन् । बुधबार तानसेनमा आयोजित पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Weather Update