Shittalpati
संक्रमित घर गएपछि अस्पताल खाली
संक्रमित घर गएपछि अस्पताल खाली रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ संक्रमित घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका संक्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ । डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् ।
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा
नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा पाल्पाको कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकले कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोना बिमा गरेको छ । संस्थाले कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि प्रति कर्मचारी एक लाख र ५० हजार बराबरको कोरोना बिमा गरिदिएको हो ।
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’ राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकोमा गुनासो गरेका छन् । सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामलखन चमारले बजेटमा आगामी वर्ष विपन्न, अपाङ्गता भएकाका बालबालिका, शहीदका...
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन
रुकुममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीमा प्रदर्शन पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै गुल्मीका दलित अधिकारकर्मीहरुले विरोध प्रर्दशन गरेका छन् । आइतबार सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गर्दै जातिय छुवाछुत र विभेदको अन्त्य गरौं भन्ने लेखिएका प्ले कार्ड हातमा लिएर धर्ना समेत दिएका थिए ।
पाल्पामा किट अभावका  कारण रोकियो स्वाव संकलन
पाल्पामा किट अभावका कारण रोकियो स्वाव संकलन जिल्लामा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू विनापरीक्षण घर फर्किएका छन् । जसले गर्दा पाल्पाका ग्रामीण क्षेत्र उच्च जोखिममा रहेका छन् । किट नभएपछि भारतीय सिमा नाकाबाट जिल्ला भित्रिएका सबै नागरिकहरुको कोरोना परीक्षणको नमुना संकलन कार्य रोकिएको छ ।
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’
पाल्पामा पनि देखियो तीन जनामा कोरोना ‘पोजेटिभ’ पाल्पा,अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पाल्पामा आईतबार एक्कासी तीन जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पोजेटिभ रहेको प्रदेश जनस्वास्थय प्रयोगशाला भैरहवाले जनाएको छ ।
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा
माथागढी सरकारद्वारा कर्मचारी र जनप्रतिनिधिको कोरोना बीमा जिल्लाको माथागढी गाउँपालिकाले कोरोना भाइरसको महामारीमा अग्रभागमा रहेर काम गर्ने कर्मचारी र जनप्रतिनिधिहरुको कोरोना बीमा गरिदिएको छ । गाउँपालिकाले महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीहरुको कोरोना बीमा गरिदिएको हो ।
नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री
नेपाली काँग्रेस छत्रकोटले बाड्यो स्वास्थ्य सामग्री नेपाली काँग्रेस छत्रकोट गाउँपालिका गुल्मीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । हाल भारतबाट आई क्वारेन्टाईनमा बसेकाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भइरहेको अवस्थामा छत्रकोट गाउँपालिका ५ स्थायी घरभई हाल काठमाडौं लगायतका विभिन्न स्थानमा बस्ने नेपाली काँग्रेसमा आवद्ध व्यक्तिहरुले उक्त सहयोग प्रदान गरेका हुन् ।
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ
जवरजस्ती करणीको आरोपमा थप दुई पक्राउ जिल्लाको तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई जना पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र...
पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री
पूर्वअर्थमन्त्रीद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामग्री पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य विष्णुप्रसाद पौडेलले रुपन्देहीका पत्रकारका लागि सुरक्षा सामग्री उपलब्ध गराएका छन् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासंघ रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।
गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या
गुल्मीमा क्वारेन्टाईनमा बसेका व्यक्तिद्वारा आत्महत्या जिल्लामा क्वारेन्टाईनमा बसेका एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाममा रहेको आदर्श माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा सोही वडाकै ५६ वर्षिय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।
Weather Update