नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण
शुक्रबार, जेठ २३, २०७७
रिडीमा तीनमुखे पुलको काम धमाधम, पुल बन्ने पक्का भएपछि स्थानीयमा खुसी
शुक्रबार, जेठ २३, २०७७
बन्दाबन्दी अवधिमा रिडीमा दृश्यावलोकन स्तम्भसहितको तीनमुखे पुल निर्माण धमाधम भइरहेको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा परिचित रुरुको रिडीमा भ्युटावरसहित झोलुङ्गे पुल निर्माण जारी रहेको छ । करीब छ वर्षअघि शिलान्यास गरिएको पुल अलपत्र अवस्थामा थियो ।
कोरोनाबाट भएको निधनप्रति काँग्रेस पाल्पाद्वारा दुःख व्यक्त
शुक्रबार, जेठ २३, २०७७
नेपाली काँग्रेस पाल्पाले कोभिड– १९ संक्रमणबाट जिल्लाको पूर्वखोला गाउँपालिकाका एक पुरुषको निधन भएको प्रति दुख व्यक्त गरेको छ । काँग्रेसले एक विज्ञप्ती जारी गर्दै पूर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको उपचारका क्रममा कोरोनाबाट निधन भएको भन्दै दुःख व्यक्त गरेको हो ।
मिर्गौला र मुटुको निःशुल्क उपचार सेवा बन्द
शुक्रबार, जेठ २३, २०७७
बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचार बापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले सो सेवा आगामी असार...
बन्दाबन्दीका बेला बाल रेडियो कार्यक्रम
शुक्रबार, जेठ २३, २०७७
बन्दाबन्दीका कारण धेरै बालबालिकाहरु प्रभावित भएका छन् । प्रभावित बालबालिकाहरुका लागि सरकारी तथा गैरसरकारी तहबाट विभिन्न प्रयासहरु भएका छन् । पाल्पामा पनि लकडाउनका कारण प्रभावित बनेका विद्यार्थीहरुका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुले विभिन्न माध्यमबाट शिक्षण सिकाई क्रियाकलापहरु सञ्चालन गरिहेका छन् ।
गुल्मीका पत्रकारलाई पिपिई
बिहीबार, जेठ २२, २०७७
कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) सहयोगमा नेपाल प्रेस युनियन गुल्मीले नेपाल पत्रकार महासंघलाई २५ थान पिपिई सेट वितरण गरेको हो ।
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा
बिहीबार, जेठ २२, २०७७
तीन दिन अघि मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ ।
पाल्पाका एक पुरुषको कोरोनाले मृत्यु,मृत्युको संख्या दश पुग्यो
बिहीबार, जेठ २२, २०७७
भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक,...
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’
बिहीबार, जेठ २२, २०७७
मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
पाल्पामा अदुवा प्रशोधन केन्द्र बन्दै
बिहीबार, जेठ २२, २०७७
अदुवा उत्पादनका लागि महत्वपूर्ण पाल्पामा अदुवा प्रशोधन केन्द्र निर्माण भइरहेको छ । प्रदेश पाँच ५ सरकारको सहयोगमा निस्दी गाउँपालिका –५ मा प्रशोधन केन्द्र निर्माण भइरहेको गाउँपालिकाका उपाध्यक्ष रीताकुमारी अर्यालले जानकारी दिएन् । प्रदेश सरकारको १४ लाख ५० हजार, निस्दीको पाँच लाख तथा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाको दुई लाख...
गुल्मीमा पनि मनाइयो नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस
बुधबार, जेठ २१, २०७७
१४ औँ नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा दिवस गुल्मीमा पनि मनाइएको छ । जिल्लाको सदरमुकाम तम्घासमा ‘सम्पूर्ण दलित समुदाय एक हौँ’ भन्ने नाराका साथ समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको हो ।
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार
बुधबार, जेठ २१, २०७७
मौरीपालक कृषकलाई निःशुल्क मौरी सहित घार वितरण गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले वडा ५ हात्तिलुङ्ग दमारका मौरीपालक कृषकहरुका लागि मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तर्गत निःशुल्क मौरी सहितको घार वितरण गरेको हो ।
बन्दाबन्दीका कारण प्रभावित रामपुर बजार बिहीबारदेखि खुल्ने
बुधबार, जेठ २१, २०७७
लामो समयदेखिको बन्दाबन्दीका कारण उद्योगी, व्यवसायी र उपभोक्ता बढी प्रभावित भएपछि बिहीबारदेखि रामपुर क्षेत्रका बजार आंसिक रुपमा खुल्ने भएका छन् । रामपुर उद्योग वाणिज्य संघले सहजताको लागि निश्चित समय मिलाएर बजार खुलाउन लागेको हो । रामपुर नगरपालिका, इलाका प्रशासन र इलाका प्रहरी कार्यालय सँगको समन्वयमा संघले समय तालिका अनुसार सरकारले...


