Shittalpati
तानसेनको आइसोलेशनमा मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट ‘पोजेटिभ’

पाल्पा, मंगलबार युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो । उनको तीन दिन अघि आईसोलेसमा उपचारको क्रममा मृत्यु भएको थियो । उनी पुर्वखोला गाउँपालिका १ सिलुवा घर भई वडा २ जल्पाको शम्भु माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्था विग्रदै गएपछि सोमवार मिसन अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो । भारतको मुम्वईबाट गाउँपालिका आएका उनी १८ गते क्वारेन्टाइनमा पुगेका थिए । उनको विहिबार रिपोर्ट पोजेटिभ आएको भैरहवा जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update