Shittalpati
नेपाली सेनाद्वारा फलफूलका विरुवा रोपण

पाल्पा । नेपाली सेनाको गोरखदल गण पाल्पाले शुक्रबार फलफुलका विरुवा रोपण गरेको छ । सेनाले तानसेनस्थित सेन माविको परिसरमा नौ प्रकारका फलफूलका विरुवा रोपेको हो । विश्व वातावरण दिवसका अवसरमा सेनाले सुन्तला, कागती, तेजपात अम्वा, खल्ढुक, धुपी, कपुर, चिउरी, मसल, एवोगार्ड लगायतका विरुवा रोपेको गणपति जनककुमार बस्नेतले जानकारी दिए । एक सिपाही एक विरुवा रोप्ने अभियानका साथ विरुवा रोपिएको गणपति बस्नेतले बताए ।

सेनाले आफ्नै नर्सरीमा फलफूलका विरुवा उत्पादन गर्दै आएको छ । सेना माविका अध्यक्ष कृष्ण अधिकारीले विद्यालयमा सेनाले रोपिएका विरुवाको संरक्षण आफूहरुले गर्ने बताए । अहिले रोपिएका विरुवालाई हुर्काउनका लागि विद्यालय सक्रिय हुने र सेनाको सहयोग सधै आवश्यक रहेकोमा उनले जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update