Shittalpati
कोरोनाबाट मृत्यु भएका पुरुषको अन्तिम संस्कार गरिदै, उपचारमा संलग्न १९ जना क्वारेन्टाईनमा

पाल्पा, तीन दिन अघि मृत्यु भएका पूर्वखोला गाउँपालिका १ सिलुवाका ४६ वर्षिय पुरुषको उपचारमा संलग्न युनाईटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी सहित कर्मचारीहरुलाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ । मंगलबार अस्पतालको आईसोलेसन कक्षमा उपचार क्रममा मृत्यु भएका पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भए पछि उपचारमा संलग्न १९ जना स्वास्थ्यकर्मी सहित कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत जीवन भट्टराईले जानकारी दिए । उनका अनुसार चिकित्सक, नर्स, ल्याव असिष्टेण्ड, सुरक्षागार्ड र सरसफाई कर्मचारी गरी १९ जनालाई अस्पतालको सेल्फ क्वारेन्टाइनमा राखिएको छ । प्रशासकिय अधिकृत भट्टराईले भने ‘उनीहरुको पिसिआरका लागि स्वाव संकलन गर्न पटक –पटक जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह गर्दा पनि कुनै सुनुवाई हुन सकेको छैन,यो सबै भन्दा ठूलो समस्या हो ।’

मिसन अस्पतालले भूषालडाडाँ स्थित वृद्धाश्रममा निर्माण गरेको आइसोलेसनमा ५ जना कोरोना पोजेटिभ भएका विरामीलाई राखिएको र उनीहरुको अवस्था सामान्य रहेको छ । तर विरामीहरुको सहि व्यवस्थापनका लागि कही कतैबाट पहल हुन नसक्दा समस्या उत्पन्न भएको छ । कोरोना लक्षण देखिएका विरामी र पिसिआर पोजेटिभ भएका नागरिकलाई सम्बन्धित गाउँपालिकाहरुले लिएर छोड्ने र त्यसको कुनै पनि मतलव नगर्दा समस्या उत्पन्न भएको अस्पतालका प्रमुख प्रशासकिय अधिकृत भट्टराईले बताए । ति पुरुषको विहिबार पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अस्पताल आसपासका क्षेत्र अघोषित रुपमा सील गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उक्त क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा गरेको छ । मृतकको अन्तिम संस्कारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी समेतको पहलमा पाल्पाको डुम्म्रे स्थित जंगलमा खाडल खनी पुर्ने तयारी भइरहेको गोरखदल गणका मेजर मनोज डंगोलले जानकारी दिए ।

 

 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update