स्थानीय तहले खरिद गरे भिटिएम
आइतबार, जेठ २५, २०७७
गुल्मीदरबार गाउँपालिकामा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ
आइतबार, जेठ २५, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । म्यालपोखरी माविको क्वारेन्टाइमा रहेका नागरिकको आरडिटी परीक्षण ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भारतको हेदराबादबाट आएका २ जना, मुम्बई र भुपालबाट आएका एक/एक जना गरि ४ जना पुरुषमामा पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको...
गाउँपालिका अध्यक्ष सहित एक सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
आइतबार, जेठ २५, २०७७
जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष सहित १ सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जेठ १८ गते स्वाब परीक्षणका लागि गाउँपालिकाका अध्यक्ष सहित पठाईएका १ सय ५२ जना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
तिनाउले निर्माण गर्यो एक सय ४० बेडको क्वारेन्टाइन
शनिबार, जेठ २४, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले एक सय ४० बेडको क्यारेन्टाइन निर्माण गरेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण हुने सम्भावित खतरालाई लक्षित गरेर गाउँपालिकाले एक सय ४० बेडको क्वारेन्टाइन निर्माण गरेको हो ।
गुल्मीका स्थानीय तहमा चार हजार बढी नागरिक क्वारेन्टाइनमा
शनिबार, जेठ २४, २०७७
जिल्लाका स्थानीय तहहरुले निर्माण गरेका क्वारेन्टाइनमा चार हजार बढी नागरिकलाई राखिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायत तेस्रो मुलुकबाट आएका ४ हजार १ सय ३८ जनालाई स्थानीय तहका विभिन्न क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
सिद्धार्थ करिडोर अन्तर्गतका स्थानीय तहहरुको प्राथमिकता कृषि, स्वास्थ्य र रोजगार
शनिबार, जेठ २४, २०७७
विश्वभर फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै सिद्धार्थ आर्थिक करिडोर अन्तर्गतका स्थानीय तहहरुले कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने भएका छन् । तानसेन नगरपालिकाले आयोजना गरेको पूर्व बजेट तयारी सम्बन्धी भर्चुअल बैंठकमा करिडोर अन्तर्गतका स्थानीय तहरुले आगामी बजेट, नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिने बताएका हुन् ।
बगनासकालीका स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम सम्बन्धी प्रशिक्षण
शनिबार, जेठ २४, २०७७
विश्वभर फैलिएको कोरोना महामारीको संक्रमणबाट चिकित्सक सहित स्वास्थ्यकर्मी समेत अछुतो रहन सकेनन् । संक्रमितको उपचारमा संलग्न अधिकांश स्वास्थ्यकर्मीहरुले पर्याप्त मात्रमा सतर्कताका उपायहरु अपनाउन नसक्दा संक्रमण फैलिएको स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले बताएका छन् ।
रेसुङ्गा नगरपालिकामा ३ सय ९४ जना नागरिक क्वारेन्टाइनमा
शनिबार, जेठ २४, २०७७
जिल्लाको रेसुङ्गा नगरपालिकामा पछिल्लो समय भारतबाट आएका ३ सय ९४ जना क्वारेन्टाइनमा रहेका छन् । जसमा ३ सय ४१ जना पुरुष र ५३ जना महिला रहेका हुन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण भारत लगायतका तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
फोहोरबाट मल बनाउँदै नगर सरकार
शनिबार, जेठ २४, २०७७
पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहोर संकलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ । लकडाउन खुलेसँगै फोहोर संकलन थालिने छ । नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका–२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरु गरेको जानकारी दिए ।
फोन गर्न घाम पर्खनुपर्ने
शनिबार, जेठ २४, २०७७
फोन र इन्टरनेटका कारण एक सेकेण्डमा कुनै सूचना विश्वभर पुगे पनि बागलुङ जिल्लाको ढोरपाटन उपत्यकाका जनताले इन्टरनेटको त कुरै छाडौँ, फोन गर्नसमेत घाम पर्खनुपर्ने अवस्था रहको छ । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन क्षेत्रका बासिन्दाले फोन गर्नकै लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ ।
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ
शनिबार, जेठ २४, २०७७
तीन लाख रुपैयाँ घुस सहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका हुन् ।
फराकिलो बन्यो तानसेन–हार्थोक सडक
शुक्रबार, जेठ २३, २०७७
पाल्पाको मुख्य सडक तानसेन–हार्थोक सडक विस्तारको कामले तीव्रता पाएको छ । तानसेन–तम्घास सडकअन्तर्गत तानसेन नगरपालिकाभित्र पर्ने सडक चौडा बनाउने काम भएको हो । ‘लकडाउन’को अवधिमा पनि तानसेन नगरपालिकाले बतासेडाँडा, ढुङ्गाखानी, सम्मोबारी, सामाकोट र बाहुनडाँडासम्म सडक विस्तारको कामलाई निरन्तरता दिएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।
लोक दोहोरी प्रतिष्ठान गुल्मीले देखायो महामारीमा सक्रियता
शुक्रबार, जेठ २३, २०७७
नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सक्रियता देखाएको छ । प्रतिष्ठानले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण, विभिन्न सचेतनाका कार्यक्रमहरु सञ्चालन गरि सक्रियता देखाएको हो । केही समय अघि सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको प्रतिष्ठानले केही स्थानीय...


