Shittalpati
तिनाउले निर्माण गर्‍यो एक सय ४० बेडको क्वारेन्टाइन

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले एक सय ४० बेडको क्यारेन्टाइन निर्माण गरेको छ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण हुने सम्भावित खतरालाई लक्षित गरेर गाउँपालिकाले एक सय ४० बेडको क्वारेन्टाइन निर्माण गरेको हो ।

पछिल्लो समय भारत लगायत तेस्रो मुलुकबाट फर्कने नागरिकहरु बढ्दै गएपछि थप क्वारेनटाइन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । गाउँपालिकाले वडा १ कचलको युवावर्ष माविमा २० बेड, वडा २ को दोभान माविमा ३० बेड, वडा ३ को तिलोत्तमा मावि झुम्सामा २५ बेड, वडा ४ को पृथ्वी प्रकाश मावि सत्यवतीमा २० बेड, वडा ५ को चौविसमाईलको कल्याणी आधारभूत विद्यालयमा २५ बेड र वडा ६ को मस्याम माविमा २० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । हाल गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारत लगायत तेस्रो मुलुकबाट आएका एक हजार चार सय ५८ जना नागरिक क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । क्वारेन्टाइनमा रहेका एक सय ५० जना नागरिक परीक्षण पछि घर फर्किएका छन् । क्वारेन्टनइनमा रहेका नागरिकलाई खाना र चिया नास्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update