गाउँपालिका अध्यक्ष सहित एक सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

गुल्मी । जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष सहित १ सय ५२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जेठ १८ गते स्वाब परीक्षणका लागि गाउँपालिकाका अध्यक्ष सहित पठाईएका १ सय ५२ जना रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए । पहिलो स्वाब परीक्षणबाट कोरोनोमा संक्रमित पुष्टि भएका अध्यक्षको पुनः दुई दुई पटक स्वाब परीक्षण गराउँदा रिर्पोट नेगटिभ आएको हो ।
अध्यक्ष सहित सदरमुकाम तम्घासबाट ६१ जना र रिडीबाट ९१ जनाको स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशालामा पठाइएको थियो । उनीहरु राजनैतिक दलका नेता, पालिका प्रमुख, उपप्रमुख, पत्रकार र सवारी चालक समेत थिए । पछिल्लो यो रिर्पोटले यहाँका सबै सञ्चारकर्मीहरु पनि कोरोनाबाट सुरक्षित छन भन्ने देखाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्