
गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा चार जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । म्यालपोखरी माविको क्वारेन्टाइमा रहेका नागरिकको आरडिटी परीक्षण ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भारतको हेदराबादबाट आएका २ जना, मुम्बई र भुपालबाट आएका एक/एक जना गरि ४ जना पुरुषमामा पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
क्वारेन्टाईमा भारतका विभिन्न ठाउँबाट जेठ १० गते आएका ५६ जना पुरुषहरु २ जना स्वास्थ्यकर्मी , २ जना सुरक्षाकर्मी, ३ जना खाना व्यवस्थापक र १ जना बस चालक गरी ६४ जना रहेका थिए । उनीहरु सबैको आरडिटी परिक्षण गरिएको थियो । पोजेटिभ देखिएका ४ जनालाई पिसिआर परीक्षणमा स्वाव संकलन गर्न जिल्ला अस्पतालमा पठाइएको छ । पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका २० जना बाहेकका ३६ जनालाई अनिर्वाय रुपमा कम्तिमा ७ दिन होम क्वारेन्टाईमा बस्ने गरी डिस्चार्ज गरिएको स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले डिस्चार्ज भएका सबैलाई अनिर्वाय रुपमा कम्तिमा ७ दिन होम क्वारेन्टाईमा बस्न आग्रह गर्दै सम्पूर्णको शुस्वास्थ्यको कामना गरेका थिए । –कृष्ण कंडेलको सहयोगमा