Shittalpati
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु
गुल्मीमा कोरोनाका कारण १३ जनाको मृत्यु जिल्लामा कोरोना संक्रमणका कारण हालसम्म १३ जनाको ज्यान गएको छ । पछिल्लो समय लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा थप एक जनाको ज्यान गएसँगै कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल
पार्टी एकतावद्ध भएर अघि बढ्छ : अर्थमन्त्री पौडेल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए ।
बञ्जिजम्प पुल
बञ्जिजम्प पुल बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदी माथि हालै सञ्चालनमा आएको विश्वकै दोस्रो आग्लो बञ्जिजम्प पुल । उक्त पुल २ सय २८ मिटर अग्लो र ५ सय २५ मिटर लामो रहेको छ ।
नेपाल परिवार नियोजन संघद्वारा सामाजिक परीक्षण
नेपाल परिवार नियोजन संघद्वारा सामाजिक परीक्षण नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको छ । माथागढी गाउँपालिका वडा ३ सराईमा एक कार्यक्रमका बिच नेपाल परिवार नियोजन संघ कसेनी सामुदायिक क्लिनिक तथा बर्थिङ्ग सेन्टरको सामाजिक परीक्षण भएको हो ।
अपाङ्गता बालबालिकालाई वैकल्पिक शिक्षा दिन निकै गाह्रो
अपाङ्गता बालबालिकालाई वैकल्पिक शिक्षा दिन निकै गाह्रो अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन
नेपाली काँग्रेस पाल्पा र गुल्मीले गर्‍यो विरोध प्रदर्शन नेपाली काँग्रेस पाल्पा र गुल्मीले विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ...
नेपाली काँग्रेस गुल्मीले पनि गर्‍यो वृहत विरोध प्रदर्शन
नेपाली काँग्रेस गुल्मीले पनि गर्‍यो वृहत विरोध प्रदर्शन गुल्मीको तम्घासमा पनि वर्तमान सरकारको सर्वसक्तावाद विरुद्ध नेपाली काँग्रेस गुल्मीले वृहत विरोध प्रर्दशन गरेको छ । विरोध सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य जीवन परियारले काँग्रेस अब चुप लागेर नबस्ने बताए ।
नेपाली काँग्रेस पाल्पाले गर्‍यो विरोध प्रदर्शन
नेपाली काँग्रेस पाल्पाले गर्‍यो विरोध प्रदर्शन नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध प्रर्दशन गरेको छ । वर्तमान सरकारी तानाशाही बन्दै गएको, लोकतन्त्र प्रजातन्त्र माथि नै धावा बोलेको, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध सरकारका गतिविधी सञ्चालन भएको, दिनहुँ भ्रष्टाचार बढ्दै गएको, कोरोना संक्रमण विरुद्ध प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै नेपाली काँग्रेस पाल्पाले तानसेनमा विरोध कार्यक्रम गरेको हो ।
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु
पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका वडा १३ की ६६ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउन सुझाव अपाङ्गता भएका बालबालिकालाई कोभिड–१९ पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ । विद्यालय वा आफ्ना साथीसँग खेलेर रमाउँदै सिक्ने बानी परेका ती बालबालिकालाई अनलाइन माध्यमबाट घरमा ध्यान केन्द्रित गराएर सिकाउन कठिन भएको हो ।
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी
बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँशी सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी मौन स्नान गरी मनाइएको छ । आज बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो ।
सुत्केरीलाई कुखुरा
सुत्केरीलाई कुखुरा सुत्करीलाई स्वास्थ्य संस्थामा पुर्‍याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ ।
Weather Update