Shittalpati
उच्च सतर्कता अपनाउन रैनादेवी छहरा सरकारको आग्रह


पाल्पा, कोभिड–१९ महामारीको संक्रमण बढेदै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आग्रह गरे हो ।


गाउँपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैंठकले भीडभाड नगर्न, सामाजिक दुरी कायम गर्न र सरकारले तोकेकार स्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न आग्रह गरेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । त्यसैगरी गाउँपालिकाले अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजर प्रयोग गर्न , सामाजिक दुरी कायम गर्न, सिमा नाकाबाट आउनेलाई कडाइका साथ चेकजाँच गर्ने, भेला तथा जमघटमा अनिवार्य सामाजिक दुरी कायम गर्ने, सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा अनिवार्य हात धुने व्यवस्थापन गर्न समेत आग्रह गरिएको छ ।

भिडभाड हुने गतिविधि बन्द गर्न,अनावशयक रुपमा घर बाहिर नजान, जानै पर्ने भए जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न पनि लगाउँपालिकाले सबैपमा आगैह गरेको छ । गाउँपालिकाले हेल्थ डेस्क राख्ने पनि बताएको छ । उसले हेल्थ डेस्कमा बस्ने र ल्यावमा काम गर्ने कर्मचारीहरुको जोखिम वहनका लागि ३ लाख बराबरको बिमा समेत गरिदिने निर्णय गरेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update