एकै दिन ४ हजार ५ सय संक्रमित डिस्चार्ज
शुक्रबार, कात्तिक २१, २०७७
बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दावी, अदालतद्वारा उजुरी खारेज
शुक्रबार, कात्तिक २१, २०७७
अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।
१ सय ६५ जनामा स्क्रबटाइफस
शुक्रबार, कात्तिक २१, २०७७
जिल्लामा साउन यता १ सय ६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको संख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु संक्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् ।
किसानलाई धान स्याहार्ने चटारो
शुक्रबार, कात्तिक २१, २०७७
यतिबेला पाल्पा र गुल्मीका किसानहरु धान स्याहार्न व्यस्त छन् । विजया दशमी सकिएलगत्तै कृषकहरू धान स्याहार्न व्यस्त देखिएका हुन् । तिहार अगाडि नै यहाँका अधिकांश ठाउँमा धान स्याहार्ने काम सकिन्छ ।
अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी
बिहीबार, कात्तिक २०, २०७७
अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए ।
पाल्पाका दुई पुरुषको मृत्युपछि कोरोना पुष्टि
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा मृत्यु भएपछि दुई पुरुषको कोरोना संक्रमण पुष्टि भएको छ । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारत दुई पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको हो । माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका दुई जना पुरुषको विहिबार कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
पाल्पामा थप कोरोना संक्रमित माथागढीका एक पुरुषको मृत्यु भएको छ । माथागढी गाउँपालिका–२ रुप्सेका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
पाल्पामा थप कोरोना संक्रमित ४४ वर्षीय पुरुषको मृत्यु
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा थप कोरोना संक्रमित ४४ वर्षीय एक पुरुषको मृत्यु भएको छ । तिनाउ गाउँपालिका ६ डुम्रेका पुरुषको बुधबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता
बिहीबार, कात्तिक २०, २०७७
भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
पाल्पामा यसवर्ष धान उत्पादनमा गिरावट आउने
बिहीबार, कात्तिक २०, २०७७
जिल्लामा यसवर्ष धान उत्पादनमा गिरावट आउन सक्ने अनुमान गरिएको छ । बेमौसमी वर्षाद्, रोकको प्रकोप र रासायनिक मलको अभावका कारण धान उत्पादनमा गिरावट आउन सक्ने विज्ञहरुले अनुमान गरेका हुन् ।
गुल्मीका कोरोना संक्रमित ८५ वर्षीय पुरुषको बुटवलमा मृत्यु
बुधबार, कात्तिक १९, २०७७
रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
सात दिनभित्रै दाबी भुक्तानी दिन समितिको निर्देशन
बुधबार, कात्तिक १९, २०७७
नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीहरुलाई निर्देशन कोरोना बिमाको दाबी भुक्तानी ७ दिनभित्र दिन निर्देशन दिएको छ । कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दावी भुक्तानी नपाएको व्यापाक गुनासो आएपनि समितिले ७ दिनभित्रै भुक्तानी दिन निर्देशन दिएको हो ।
पाल्पामा कारोना संंक्रमणबाट स्वास्थ्यकर्मीको निधन
मंगलबार, कात्तिक १८, २०७७
पाल्पामा कोरोना संक्रमणबाट एक जना स्वास्थ्यकर्मीको निधन भएको छ । पाल्पामा पहिलो पटक रामपुरमा मेडिकल व्यवसाय गर्ने ४४ वर्षिय एक पुरुष स्वास्थ्यकर्मीको निधन भएको हो ।


