Shittalpati
काँग्रेसले कार्यकर्तालाई प्रशिक्षित गर्दै

गुल्मी(पूर्तिघाट),की गाउँपालिकाको आयोजनामा भएको दुई दिने प्रशिक्षणमा सहभागी ७० जना अगुवा कार्यकर्ता तथा नेताहरुले, अब काली सुदुर गुल्मीको कालीगण्डकी गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई नेपाली काँग्रेसले प्रशिक्षित गरेको छ । नेपाली काँग्रेस कालीगण्डगण्डकीमा संगठन मजबूत बनाउँन परीक्षण कोशे ढुंगा सावित भएको धारणा व्यक्त गरेका थिए । वैशाख ८ र ९ गते दुई दिनसम्म चलेको प्रशिक्षणका प्रमुख प्रशिक्षक पार्टीको नीति अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दहालले, पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउनका लागि यस्ता खालका प्रशिक्षणले नयाँ उर्जा थप्ने बताउँदै विकास निर्माण र कार्यकर्ताको भावना अनुरुप काम गर्ने कार्यलाई स्थानीयतहका जनप्रतिनिधीको आफ्नो दायित्व निर्वाहमा समेत यस्ता प्रशिक्षणहरु फलदायी हुने बताए । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पुर्वउपाध्यक्ष डा.गोविन्दराज पोखरेलले देश विकासका लागि स्थानीयतहबाट निर्माण हुने योजना र त्यसको प्रभावकारिता बारे स्थानीय उपभोक्तालाई जानकारी दिनुको साथै पार्टीको भावी नीति योजना र कार्यदीशाका विषयमा प्रत्येक अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्नु आवश्यक भएको बताए । नेपाली काँग्रेसका नेता तथा महासमिति सदस्य नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य छन्दबहादुर पहराईले प्रशिक्षण आफैमा ज्ञान र पार्टीका बिचार, नीति तथा कार्यक्रमलाई कार्यकर्ता बीच लग्ने एउटा पुल रहेको बताए । नेपाली काँग्रेसका आदवासी जनजाती नेता तथा नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य डा. लालबहादुर पुनले, पार्टीको संगठन विस्तार र त्यसको प्रभावकारितालाई प्रशिक्षणले बल प्रदान गर्ने बताए ।


कालीगण्डकी गाउँपालिका अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता, महासमिति सदस्य वेदवहादुर थापाले गाउँपालिकास्तरीय यो तालिमले यस क्षेत्रका अगुवा कार्यकर्ताहरुमा नयाँ उर्जा थपिएको बताउँदै ज्ञान र चेतनाको विकासका लागि यस्ता तालिमले संगठनमा लाग्नेहरुका लागि ताजगी थप्ने बताए । दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागिहरु ७० जनाले तालिमले आफुहरुलाई संगठन विस्तारमा लाग्न नयाँ जिम्मेवारीका साथ चेतना र ज्ञानको नयाँ बाटो खुलेको धारणा व्यक्त गरेका छन् । कार्यक्रमको सम्पूर्ण सहजीकरण तथा व्यवस्थापनमा लागेका नेपाल विद्यार्थी संघका नेता ऋषि रानाले, यस्ता तालिमले विद्यार्थी, युवा तथा महिला र स्थानीय जनप्रतिनिधीहरुमा आफ्नो कार्यदक्षता प्रर्दशन गर्ने कार्यमा थप उर्जा मिल्ने हुँदा प्रत्येक वर्ष प्रशिक्षण कायोजना गर्नुपर्ने बताए । प्रजातान्त्रिक महासंघ लुम्बिीनी प्रदेशका महासचिव तुलसीराम पाण्डेले शैक्षिक तथा सामाजिक विकासका लागि प्रशिक्षण आवश्यक भएको बताए । कार्यक्रम नेपाली काँग्रेस कालीगण्डकीका सभापति निम श्रीसको सभापतित्वमा भएको हो । कार्यक्रममा काँग्रैसका जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधी झविन्द्र विक, गोपाल श्रेष्ठ, टुकबहादुर नेपाली, मिना राना, नेपाली काँग्रेस क्षेत्र १ का उपसभापति तथा महाधिवेशन प्रतिनिधी जगदीश भट्टटराई, क्षेत्रीय सचिव सन्तोष गौतम लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update