Shittalpati
धुर्कोट गाउँपालिकाका कृषकलाई भैसी

रमेश विश्वकर्मा
गुल्मी,जिल्लाको धुर्कोट गाउँपालिकाका कृषकहरुलाई भैसी वितरण गरिएको छ । गाउँपालिकाले कृषकहरुको आयआर्जनमा वृद्धि गर्नका लागि उन्नत जातका भैसी वितरण गरेको हो ।
दुग्ध उत्पादक कृषकहरुलाई लक्षित गरी उनीहरुको आयआर्जन वृद्धिका लागि उन्नत जातका भैसी वितरण गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताए । गाउँपालिकाद्वारा वडा नम्बर ४ जैसिथोकका कृषकहरुलाई उन्नत जातको भैसी वितरण गरेको हो ।
गाउँपालिकाले ५० जना कृषकहरुलाई भैसी वितरण कार्यक्रममा समावेश गरेको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार पहिलो चरणमा २४ जना कृषकहरुलाई भैसी वितरण गरिएको छ । बाँकी २६ जना कृषकलाई अबको एक साता भित्र वितरण गरिने बताइएको छ । वडा नम्बर–४ बाट १ लाख ५० हजार सघीय सशक्त कार्यक्रम अन्र्तगत भैसी प्रर्वद्धन कार्यक्रममार्फत २१ लाख ७० हजार गरी कुल २३ लाख २० हजारको लगानी भैसी वितरण गर्न लागिएको हो ।

गाउँपालिकामा रहेका किसानहरुलाई स्वरोजगार बनाउने, दुध उत्पादनलाई वृद्धि गर्ने र मासुजन्य वस्तुको उत्पादन गरी बजारको मागलाई परिपुर्ति गर्ने उद्देश्यले देविस्थान उन्नत दुग्ध सहकारी संस्था अन्र्तगत ५ वटा उपसमुह बनाई किसानहरुलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पोख्रेलले भनाई छ । उनले अबको २ वर्ष भित्रमा गाउँपालिकालाई दुध उत्पादनमा अत्मनिर्भर गराउने कार्यक्रम रहेको समेत बताए । वितरण गरिएका २४ वटा भैसीहरुको बिमा पनि भैसकेको र दोस्रो चरणका भैसी वितरण गरिसकेपछि किसानहरुलाई गोठ व्यवस्थापन कसरी गर्ने, भैसी कसरी पाल्ने,घाँसको व्यवस्था कसरी गर्ने भन्ने विषयमा तालिमको समेत आयोजन गर्ने गाउँपालिकाका पशुविकास शाखा प्रमुख श्याम कार्कीले बताए ।
अब २६ कृषक लागि दोस्रो चरणमा २६ वटा भैसी वितरण गर्न बाँकी रहेकोे छ । भैसी पाए पछि कृषक निक्कै खुसी उत्साहित भएका छन् । वितरण गरिएका भैसी ३ वर्षसम्म विक्रि गर्न पाउने छैनन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update