Shittalpati
माथागढीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा माथागढीका २ महिला र १ जना पुरुष गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ जनामै संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार १ सय ४५ पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय २१ जना महिला र एक हजार ५ सय २४ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या १ सय ३७ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार २ सय ७१ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म जिल्लामा १ सय २७ जना होम आइसोलेसनमा रहेका छन् भने १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update