Shittalpati
रुपन्देहीमा निषेधाज्ञा हुने

बुटवल, रुपन्देहीमा कोरोना दर उच्च हुँदै गएपछि १५ दिनका लागि निषेधाज्ञा लगाउन गर्न सिफारिस गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख १६ गतेदेखि निषेधाज्ञा गर्न सिफारिश गरेको हो ।

बैठकले १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने सिफारिश गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । यसको औपचारिक निर्णय भने आज हुनेछ ।

यस अघि उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निष्कर्ष निकालिएको प्रशासनले जनाएको छ ।

निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन नदिने भएको छ । अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु रहेका छन् । रुपन्देहीमा मंगलबारदेखि नै सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update