अझै तीन दिन मौसम बदली हुने
शुक्रबार, माघ २, २०७७
सिकाइ सहजीकरणका लागि शिक्षकलाई अभिमुखीकरण
शुक्रबार, माघ २, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले शिक्षण सिकाई क्रियाकलापलाई सहजिकरण गर्न शिक्षकलाई अभिमुखीकरण तालिम दिएको छ । गाउँपालिकाको शिक्षा शाखाले गाउँपालिका भित्र रहेका ४५ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिने कार्यमुलक अनुसन्धान अभिमुखीकरण तालिम दिएको हो ।
माथागढीका विद्यालयहरुमा यस वर्ष हिउँदे विदा नहुने
शुक्रबार, माघ २, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले यस वर्षको हिउँदे बिदा कटौती गरेको छ । यही पुस २८ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठन–पाठन हुन नसकेकाले यस वर्ष हिउँदे बिदा कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै सोही अनुसार सम्पूर्ण विद्यालयहरुलाई कार्य गर्न गराउन...
आज राष्ट्रिय योग दिवस मनाइँदै
बिहीबार, माघ १, २०७७
छैटौं राष्ट्रिय योग दिवस आज देशभर मनाइँदै छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । प्रत्येक वर्षजस्तै यस वर्ष पनि सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रमसहित योग दिवस मनाउने तयारी गरेको हो । त्यसका लागि सरकारले बजेटसमेत छुट्टयाएको छ ।
आज माघे संक्रान्ति पर्व देशभर मनाइदै
बिहीबार, माघ १, २०७७
आज माघे संक्रान्ति पर्व परम्परागत रुपमा देशभर स्नान, दान धार्मिक कार्य गरी मनाइदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै...
६६ वर्षीया वृद्धाले बल्ल पाइन् नागरिकता, उनी भन्छिन्– ‘नागरिकता पाएपछि भोकै भएपनि खाए झैं भयो’
बुधबार, पुस २९, २०७७
नागरिकता नपाई मरिन्छ कि भन्ने चिन्ताले सताइरहेकी गुल्मीको मुसिकोट नगरपालिका–१ की ६६ वर्षीया झगि विक नागरिकताको प्रमाणपत्र पाउँदा दङ्ग परिन् । आर्थिक अभावका कारण सदरमुकामसम्म आउन नसक्दा उनी रहर भएर पनि नागरिकता लिनबाट बञ्चित थिइन् । तर ६६ वर्षको हुँदा उनको रहर पूरा भयो, नागरिकता हातमा लिँदै विकले भनिन् ।
नेपालमा ४ सय ३० जनामा कोरोना हुँदा ३ सय ९० डिस्चार्ज
मंगलबार, पुस २८, २०७७
नेपालमा मंगलबार ४ सय ३० जनामा कोरोना संक्रमण हुँदा ३ सय ९० जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुँदा ३ सय ९० जना डिस्चार्ज भएका हुन् ।
बगनासकालीले आठौं गाउँसभाबाट परित गर्यो १ ऐन, ६ कार्यविधि सहित निर्देशिका र मापदण्ड
मंगलबार, पुस २८, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकाको आठौं गाउँसभा तथा हिउँदे अधिवेशन भएको छ । विभिन्न विधेयक,ऐन, कार्यविधि पारित गर्दै मंगलबार गाउँसभा सकिएको हो । गाउँसभाले एक ऐन पारितसँगै छ कार्यविधि, एक निर्देशिका र एक मापदण्ड अनुमोदन गरेको छ । सभाले कृषि व्यवसाय प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुती ऐन पास गरेको...
वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै
मंगलबार, पुस २८, २०७७
वैदेशिक रोजगारीका क्षेत्रमा कोभिड–१९ को सङ्क्रमणपछि ठगीका घटना बढ्न थालेका छन् । गत वर्ष वैदेशिक रोजगार विभागमा दैनिक २५ वटासम्म ठगीका घटना दर्ता हुने गरेकामा हाल ४० वटासम्म घटना दर्ता हुन थालेको विभागका सूचना अधिकारी टीकामणि न्यौपानेले जानकारी दिए ।
मृतावस्थामा भालेबाघ भेटियो
मंगलबार, पुस २८, २०७७
कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।


