Shittalpati
युवा व्यवसायी कार्की : जो ज्यान जोखिममा राखेर संक्रमितको सेवामा दिन–रात खटिन्छन्

पाल्पा, पाल्पा कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पर्याप्त छैन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ल्लामा निषेधाज्ञा जारी छ । सार्वजनिक गाडीहरु सञ्चालन हुन सकेका छैन । जिल्लामा सञ्चालित एम्बुलेन्सहरु पनि पर्याप्त मात्रमा छैनन् । जसले गर्दा कोरोना संक्रमितहरु अस्पतालसम्म पुग्नको लागि सहज छैन । यस्तो अवस्थामा जिल्लाका एक युवा व्यवसायीले भने आफ्नो ज्यान जोखिममा राखेर संक्रमितहरुलाई निजी गाडीमा राखेर अस्पताल पुर्‍याउने गरेका छन् ।

पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा युवा व्यवसायी, समाजसेवी यादवसिंह कार्कीले आफ्नै गाडीमा कोरोना संक्रमित बिरामीलाई सेवा दिएका छन् । कार्की पाल्पा जिल्ला र आसापासका क्षेत्रमा कोभिड संक्रमणले विरामी परेकाहरुलाई अस्पतालसम्म लैजाने र ल्याउँने कार्यमा सक्रिय भएर लागेका छन् । उनले संक्रमणम भएका कतिपयले एम्वुलेन्स र यातायातका साधन नपाएर दु:ख पाइरहेको अवस्थामा आफैले अस्पताल पुर्‍याउने र ल्याउने गरेका छन् । निषेधाज्ञाको यो बीचमा अहिले उनले लुम्विनी मेडिकल कलेज, पाल्पा मिसन अस्पताल र बुटवलका विभिन्न अस्पतालहरुमा विरामी लैजाने र ल्याउने गरेको बताउँछन् ।

कार्कीले कोही पनि नागरिक विरामी परेर समस्यामा भए आफुलाई सम्पर्क गर्न समेत सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् । सेवा नै धर्म हो भन्ने भावले प्रेरित भएका कार्कीले कोही पनि बिरामी अस्पताल पुग्न नसक्ने अवस्था भएमा आफु संक्रमण रोगको प्रवाह नगरी सेवामा खटिने बताउदै आएका छन् । उनको यो कार्यप्रति सबैतिरबाट प्रसंशा गरिएको छ । कार्कीले यो संकटका बेला देखाएको सहयोग र सद्भाव स्थानीय, प्रदेश र संघीय सरकारका लागि भने चुनौती विषय बनेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update