Shittalpati
पाल्पामा संक्रमणसँगै निको हुने पनि बढे,एकै दिन ७८ संक्रमितले कोरोना जिते

रामचन्द्र रायमाझी
पाल्पा, कोरोना संक्रमणको ग्राफ बढ्दै गएको पाल्पामा निको हुनेको संख्यामा पनि वृद्धि भएको छ । पछिल्लो दुई दिनमा बुधबार ७८ जनाले कोरोना जितेका छन् । बुधबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होम आइसोलेसनमा रहेका २३ महिला र ५५ जना पुरुषले कोरोना जितेका हुन् ।
सोमबार मात्र २० जनाले कोरोना जितेका थिए । ४ महिला र १६ जना पुरुषले कोरोना जितेका हुन् । दुई दिनको अवधिमा २० बाट बढेर निको हुनेको संख्या ७८ पुगेको हो । दैनिक जसो संक्रमितको ग्राफ बढ्दै जाँदा निरास भएका यहाँका नागरिकहरु एकै पटकमा ५८ जनाले कोरोनाको लडाई जितेपछि भने केही उत्साहित भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका २५, रामपुर नगरपालिकाका २१, माथागढी गाउँपालिकका १६, रैनादेवी छहरा गाउँपालिकाका ८, बगनासकाली गाउँपालिकाका ३, तिनाउ गाउँपालिकाका २, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका र निस्दी गाउँपालिकाका एक/एक जना संक्रमितले कोरोना जितेको जनाइएको छ । यो सँगै जिल्लाको कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार ९५ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय २२, रामपुरका २ सय ८५, पूर्वखोलाका २ सय ६६, रैनादेवी छहराका १ सय २९, रम्भाका ९६, बगनासकालीका १ सय ५४, तिनाउका ७५, रिब्दीकोटका ८३, निस्दीका १ सय १९ र तानसेनका ७ सय ६६ जना संक्रमितले कोरोना जितेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५० जनामा पीसीआर परीक्षण गरिएकोमा तानसेनका ५४ जना सहित १ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका ४, रामपुरका १, रैनादेवी छहराका ३२, बगनासकालीका ८, तिनाउका २, रिब्दीकोट, निस्दीका एक /एक जना गरी १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या २ हजार ६ सय २९ पुगेको छ । जसमा ७ सय ९७ जना महिला र एक हजार ८ सय ३२ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ४५ जना नयाँ संक्रमित देखिएका छन् । २० महिला र २५ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका ३९, तिनाउका, बगनासकालीका दुई/दुई, रम्भा र रैनादेवी छहराका एक/एक जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ सय ४२ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ६ सय ३३ पुगेको छ । अहिलेसम्म जिल्लामा ५ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update