Shittalpati
कोरोना युद्धमा होमिएका यि तीन युवा

जगदीश भट्टराई

पाल्पा/कोरोना महामारीका बेला मान्छे एक–अर्कालाई छुन पनि डराइरहेका छन् । महामारीबाट जोगिन यो समय घरभित्र बस्ने हो भने कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिसम्म पुग्न पनि सक्दैन । तर यो छुट स्वास्थ्य क्षेत्रमा रहेका स्वास्थ्यकर्मीहरूलाई छैन । स्वास्थ्यकर्मी पनि आफ्नो सुरक्षाको ख्याल गर्दै घरभित्र बस्ने हो भने अवस्था कस्तो होला ? कल्पनासमेत गर्न सकिँदैन । त्यसैले यो महामारीका मुख्य योद्धा भनेकै स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थयकर्मी नै हुन् ।
विश्वका सबै मानिस कोरोना भाइरससँग सुरक्षित रहन घरभित्रै बसिरहेको बेला पाल्पामा भने केही युवाहरु घरबाट बाहिर निस्किएर कोरोना युद्धमा होमिएका छन् । संन्दीप कंडेल,बिष्णु केसी र सुरज खाती जस्ता हजारा चिकित्सक, विषेशज्ञ, नर्स तथा प्रयोगशालामा खट्नेहरु देश भर छन् । लाखौ लाख स्वाथ्यकर्मी र नर्सहरुसंगै तानसेनमा कार्यरत यी तीन युवाहरु यहाँका केही प्रतिनिधी पात्र बनेका छन् । तानसेनको धोवीधारामा स्थापना भएको पिसिआर परीक्षण प्रयोगशालामा उनीहरु कार्यरत छन् । विहानको झिस्मीसेसँगै रातीको अवेरसम्म उनीहरु ल्यावमै व्यस्त देखिन्छन्् । उनीहरुलाई खाना पकाउँने र खान पनि फुर्सद हुँदैन् । विहान आँखा मिच्दै स्वाव संकलन गर्ने यी युवालाई साँझ रिपोर्ट तयार गर्न भ्याई नभ्याई हुन्छ । दिन वितैकै थाहा हँुदैन उनीहरुलाई । उनीहरुको दैनिकी व्यक्तिगत जीवनका लागि भन्दा पनि जोखिम मोलेर सेवा नै धर्म हो, भन्ने भावनाबाट प्रेरित भएको भान हुन्छ ।
सिमित साधन र स्रोतलाई झेलेर,छिटो, छरितो सेवा दिदाको आनन्द नै वेग्लै आउँने अनुभव सुनाउँछन्, पिसिआर प्रयोगशाला पाल्पाका प्रमुख मेडिकल टेक्नोलोजिस्ट सन्दीप कंडेल । उनी भन्छन्, ‘हामीले धेरै सुविधा पाएर काम गर्ने मौका पाएका थियौ, तर यो काम केवल पैसाका लागि मात्र भन्दा पनि सेवाको भावनासँग जोडिएका कारण काम गरि रहेका छौ, पाल्पा अस्पतालले सञ्चालन गरेको यो प्रयोगशाला पाल्पाको गहना हो, हामीले यसलाई राम्रो बनाउँनुपर्छ भन्ने सोंचले काम गरेका हौ ।’ अस्पताल व्यवस्थापन समिति,प्रशासन र यहाँ सेवा लिन आउँने हरेक सेवाग्राहीको माया र ममताले काम गर्ने उर्जा थपेको कंडेलको भनाई छ ।
कुनै समय म पनि संक्रमित हुनसक्छु भन्ने तीतो यथार्थ मनमा बोकेर उपचारमा होमिनु पक्कै सहज छैन । तर महामारीले विश्व नै आतंकित बनेको यो समयमा दिनरात नभनी खटिने यि युवाहरुका लागि यो समय बाध्यकारी अवस्था मात्रै होइन, चुनौतीसँगै अवसर पनि हो । आफ्नो पेशाप्रतिको उत्तरदायित्व बोध गराउने समयका रूपमा पनि यो समयलाई लिन सकिन्छ ।
अर्का मेडिकल ल्याव टेक्निसियन विष्णु केसी भन्छन्, देशलाई संकट परेको बेला हामी आधापेट खाएर पनि सेवा गर्न तयार भएका हौं,हाम्रा अनुकन समस्याहरु बुझ्ने मान्छेहरु भने अत्यान्तै कम हुने गरेको अनुभव सुनाउँछ । अर्का मेडिकल ल्याव टेक्निसियन सुरज खाती भन्छन्, ‘ महामारीको यो युद्धमा हामी नागरिकहरुको सुरक्षाका लागि दिनरात नभनि सेवामा समर्पित हुने छौं ।’

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update