
नेकपा एमालेका स्वार्गिय मदन भण्डारीको धर्म पत्नी विद्या भण्डारीलाई राज्यले दिएको सुविधा मध्य सुरक्षा बाहेक सबै फिर्ता गरेर एमालेको मुलधारको राजनैतिकमा फर्किएको विषयले नेकपा एमाले भित्र एक प्रकारको तरनै उत्पन्न भएको छ । मदन भण्डारीको दुर्घटनामा परी मृत्यु पछि उनी २०५० सालमा भएको उपनिर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर १ बाट कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्दै नेकपा एमालेकोतर्फ बाट संसदमा प्रवेश गरेकी नेपालको पहिलो महिला राष्ट्र प्रमुख बन्ने सुवर्ण अवसर पाउने भाग्यमानी महिला हुन् ।
नेकपा एमालेको उपाध्यक्ष भएकै समयमा उनी दुई पटक राष्ट्र प्रमुख बन्ने अवसर प्राप्त गरिन् । उनलाई यो अवसर दिलाउने अरु केही होइनन् उनकै पार्टी अध्यक्ष खड्क प्रसाद ओली हुन् । ओली पार्टीको नेतृत्वमा नभएको भए उनको यो सुनौलो अवसर आउने थिएन होला । ओलीले आफु पार्टी सभापति बन्ने सवालमा झलनाथ खनाललाई प्रस्ताव गरेका थिए । उनै ओलीले झलनाथ खनालको राजनैतिक जीवन नै सिध्याउन सफल भए । जब विद्या भण्डारी राष्ट्र प्रमुखबाट अवकास लिइन उनको र ओलीको सम्बन्ध विपरीत ध्रुर्व जस्तै भयो । ओली प्रधानमन्त्री, विद्या राष्ट्रपति भएका वखतमा विद्याले आलोचना पनि सहनु प¥यो । दुई तिहाइको नजिक भएको नेकपा टुँक्रा टुँक्रामा टुक्रियो । यस्ता प्रकरणहरु उनले राम्रोसँग नियाल्ने अवसर पनि पाइन् । अन्तर्राष्टिय शक्ती केन्द्र विशेष गरी छिमेकी मुलुक चिनले विद्या भण्डारीको पछिल्लो भूमिका प्रती राम्रोसँग खेल्ने अवसर पायो । ओलीलाई चिनले सदैव भारत परस्त भन्ने आरोप पनि लगाउने गर्दछ । हुन पनि ओली भारतको राजनैतक दलसँग भन्दा खुविया एजेन्सी रअसँगको सम्बन्ध बलियो नै छ । अर्को तर्फ चिनले नेपालमा रहेका आफ्ना अनुयायीहरु एक ढिक्का भएको देख्न चाहान्छ । ओलीबाट यो कार्य पुरा नहुने र विद्याबाट सम्भव हुन्छ की भन्ने आशाले उनी चिन जानु भन्दा अगाडि परीक्षणका लागि नेपालका केही जिल्ला घुम्दा जनलहर देखे पछि उनी चिनको भम्रण गर्ने तय गरिन् ।
चिनबाट फर्किए पछि उनको राजनीतिमा क्रियाशिलता बढ्दै गयो । ओलीले आउने विधान अधिवेशनबाट उमेर हदलाई संशोधन गरी पुनः पार्टी अध्यक्ष बन्ने सपना विपना हुन नसक्नेमा विद्या तगारो बनिन् । ओलीसँग नीतिगत भन्दा व्यक्तिगत रिसीवीका कारण अलग भएका वामदेव गौतम, भिम रावलसहित नेकपा समाजवादी पार्टीका तलदेखि माथि सम्मका कार्यकर्ता देखि नेतासम्म सबै अटाउन सक्ने विद्यासँग क्षमता भएकाले विद्यालाई स्विकार गरेको अवस्था हुन सक्ने आशा गरिन्छ । चिनको नीति अनुरुप विस्तारै नेकपा माओवादी सहितको नेकपा बनाउने योजना विद्याको हो । सक्ने नसक्ने यो भविष्यको परिस्थिती हो । तत्कालिन समयमा विद्या भण्डारीबाट मात्र यो सम्भव भएका कारण नेकपा एमाले अहिले दुई विपरीत ध्रुर्वमा विभाजन भएको देखिन्छ । ओली विद्या भण्डारीलाई राजनैतिक मुलधारमा आउनबाट रोक्न विभिन्न तिकडम अपनाए पनि ओली सफल हुने छैनन् । विशेष गरी हाम्रो राजनैतिक परिवेश अवस्था कसरी चलेको छ भन्ने यस विषयले पनि प्रस्ट पार्दछ । राजनैतिक दलको प्रतिबन्ध लागेको समयमा यिनै राष्ट्रवादीको विगुल बजाउने कम्युनिष्टहरुले नेपाली काँग्रेसलाई प्रतिगामी विदेशी दलाल भन्ने आरोप लगाउथ्यो । समयको खेल अब विदेशी दलालको रहेछ सबैलाई थाहा भयो । हो महिला प्रथम राष्ट्र प्रमुख भएको इतिहासमा नाम त लेखियो । सम्मानित पद आफ्नो श्रीमान जिवित भएको भए वा खड्क प्रसाद ओली पार्टी अध्यक्ष नभएको भए उनको राष्ट्रपतिको पद कल्पनाको भन्दा बाहिरको कुरा थियो । उनकै श्रीमानसँगसँगै ज्यान गुमाउने जीवराज आश्रितको श्रीमतिको नामसम्म पनि सबैलाई थाहा नहुन सक्छ ।
राष्ट्रपतिको पद सकिए पनि राज्यले जनता मात्र होइन राज्य नै दोहन गरी पुर्व राष्ट्रपतिहरुलाई सबै सुविधा दिएकै थियो । उनलाई राज्य कोषबाट दिइने सुविधा भन्दा अब पार्टीको सर्वोच्च पदमा पुग्ने इच्छा जागेर आएको हुन सक्छ । राष्ट्रपतिबाट फर्किए पछि पुनः राजनैतिकमा फर्किने व्यक्ति संसारमा कमै होलान् । राष्ट्रपति भएपछि राजनैतिकमा क्रियाशिल पनि हराउने हो । उनी राष्ट्रपति भएको समयमा पटक पटक विवादमा नआएको पनि होइन । संसद विघटनदेखि नागरिता विधेयक जस्ता हुबहु प्रमाणिकरण । जे भए पनि उनी यो मुलुकको सबै भन्दा माथिल्लो पदमा पुगिन् । कानुन र संविधान अनुरुप यो भन्दा माथि कुनै पद नै छैन तर उनले आफु उच्च पदमा पुगेको बेला आफ्ना श्रीमानको हत्या हो वा दुर्घटना भन्ने विषयमा कहिल्यै पनि चासो राखिनन् । आम जनताको प्रश्न उनलाई यही नै हो । नेकपा एमालेको नेतृत्व ओली बाहेक अरु कुनै व्यक्तिमा भएको भए उनको राजनीतिमा उदय नहुन पनि सक्थ्यो । अत्यन्तै हठी, आफ्नो आलोचना पटक्कै सहन नसक्ने अत्यन्तै पुर्वाग्रही स्वभाव भएका कारण ओली एक्लिदै छन् । ओलीका कारण संसद विघटनदेखि पार्टी विभाजन पनि भएकै हो । नेपालमा कम्युनिष्टहरुको इतिहासलाई हेर्दा नीति भन्दा नेतृत्वका कारण पार्टी विभाजन भएको छ । हुन त ओलीले इतिहासलाई निरन्तता दिइ नै रहेका छन् । मदन भण्डारी फाउण्डेशनको अध्यक्ष विद्या भण्डारी हुन् । गत १४ गते आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विद्याको आलोचना ब्यंयात्मक रुपले गरे । एउटा राष्ट्र नायकले यस्ता कुरा गर्नु भनेको राम्रो नराम्रो के हो श्रोता आफै भन्दछन् । हाम्रो मुलुकमा पछिल्लो समयमा सबै भन्दा बढी आलोचनाका पात्रहरु बनेका ओली, देउवा र प्रचण्ड देशको सिमाना, जनताको जिउ धनको रक्षा भन्दा नेपाली समाजमा प्रयोग हुने उखान टुक्रा राम्रोसँग जान्ने हाम्रा राष्ट्रवादी नेताहरु नै हुन् । आम कार्यकर्ताले आफ्ना पार्टीमा अब नयाँ नयाँ पुस्ताका विचारलाई खोजी रहेछन् तर सत्ताको मोहले पुराना पुस्ताले आफ्ना पदहरु छोड्न नसक्दा नयाँ र पुराना पुस्तामा दन्द्ध उब्जिएको छ । यिनी पार्टीका उच्च पद सम्हालेका व्यक्ती नै सामन्तवादी प्रवृतिका छन् । समय फेरियो,पटक –पटक व्यवस्था फेरिए पनि फेरिएन हाम्रा सामन्तवादी नेताका बिचार र प्रवृति । के फरक छ र राणा कालीन व्यवस्था र अहिलेको गणतान्त्रिक व्यवस्थाको व्यबहारमा ? जो चोर उसैको ठूलो स्वर नै भएको छ हाम्रा नेताहरुमा सबै काले मिलेर खाऔं भाले जस्तै हो । अब ओली नेपालका दोस्रो जङ्गबहादुर भएका छन् ।
अर्को तर्फ जो नेपाल र नेपालीको रक्षक बनाएर नेपाली जनताले पठाए ति व्यक्ति नै भक्षक भए पछि के गर्ने ? नेपाली जनताले विषको विरुवा संसद भवनमा पठाएका रहेछन् । त्यसैको परिमाण नै आज भोग्दै छन् निमुखा नेपालीहरुले । हाम्रा राज नेताहरु आम देश र देशवासीको लागि भन्दा व्यतिmगत स्वार्थ अनि पार्टीगत स्वार्थमा लिप्त भए । ज·बहादुरले जस्तै सबै आफ्ना भाइ, श्रीमती, छोरी, बुहारी साला, साली आफ्नै आसेपासेलाई राज्यको उच्च पदमा यिनैलाई भर्ती केन्द्र बनाए । अनि चित्त नबुझेका विचार राख्दा विरोधी भए । यो प्रवृति कम्युनिष्टमा मात्र होइन काँग्रेसमा पनि यही नै प्रवृति छ । त्यसैको परिमाण नयाँ नयाँ पार्टीहरुको च्याउ झै जन्म भए । राम्रा भन्दा हाम्रा मान्छे भन्ने परिपार्टी नै स्थानीयतहदेखि संघीय सरकार सम्म नीति बन्यो । अनि आफ्ना पार्टीको गल्तीलाई ढपक्कै ढाक्ने र अर्का पार्टीलाई नाङ्गझार बनाउने हाम्रो परम्परा पनि बन्यो । नेतृत्वको साझा अवधारणा बनाउन नसक्दा नेकपा एमालेमा विद्या भण्डारीको उदय भएको हो । अब हेर्न बाँकी छ । एक पटक फुटेर टुक्रा–टुक्रा भएकाहरु कसरी एउटै होलान् त्यो त भोलिको कुरा भयो । काँग्रेसको विधान अनुसार देउवाको पनि सभापति पद यो नै अन्तिम हो । १७ हजार जनताको रगतको दाग लागेका प्रचण्ड २०६३ सालदेखि सत्तामा पुगी पटक–पटक प्रधानमन्त्री बन्दा आफ्ना छोरी बुहारी आसेपासे भन्दा कसका घाउमा मलाम लगाउन पुगेर पुर्न स्थापित हुने तरखरमा छन् प्रचण्ड ? ओली निकै अप्ठारो परिस्थितिमा रहेका छन् । नेकपा एमालेका अध्यक्षको एकात्मक साशन प्रणालीका कारण विद्याको क्रियाशिलता बढेको हो । आफु राष्ट्रकै प्रमुख पदमा रहँदा विवादमा परेकी र राष्ट्र र जनताको निम्ती सिन्को सम्म नभाचेकी विद्याले अबका दिनमा फुटेका कम्युनिष्टहरुलाई कुन जादु मन्त्रले एकै ढिक्कामा ल्याउछिन् देख्न बाँकी नै छ । त्यसै गरी लामो समय सम्म नेपाली काँग्रेस पाटीका सभापति पटक–पटक प्रधानमन्त्री बनेका हाम्रा पुर्वप्रधान मन्त्री साथै काँग्रेसको आउने महाअधिवेशनमा गुटको राजनीति भन्दा माथि उठेर प्रतिस्पर्धाबाट नेतृत्व हस्तान्तरण नगरे नेकपा एमालेमा जस्तै तरङ्ग पैदा नहोला भनेर भन्न नसकिने अवस्था आएको छ । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)