Shittalpati
पाल्पामा एकै दिन ७८ जनाले कोरोना जित्दा १ सय ४८ जनामा संक्रमण

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जनाले कोरोना जितेका छन् । बुधबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २३ जना महिला र ५५ जना पुरुषले कोरोना जितेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका २५, रामपुर नगरपालिकाका २१,माथागढी गाउँपालिकका १६, रैनादेवी छहरा गाउँपालिकाका ८, बगनासकाली गाउँपालिकाका ३, तिनाउ गाउँपालिकाका २, पूर्वखोला गाउँपालिका, रिब्दीकोट गाउँपालिका र निस्दी गाउँपालिकाका एक/एक जना संक्रमितले कोरोना जितेको जनाइएको छ । योसँगै जिल्लाको कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या दुई हजार ९५ पुगेको छ । अहिलेसम्म माथागढीका १ सय २२, रामपुरका २ सय ८५, पूर्वखोलाका २ सय ६६, रैनादेवी छहराका १ सय २९, रम्भाका ९६, बगनासकालीका १ सय ५४, तिनाउका ७५, रिब्दीकोटका ८३, निस्दीका १ सय १९ र तानसेनका ७ सय ६६ जना संक्रमितले कोरोना जितेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५० जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ५४ जना सहित १ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माथागढीका ४, रामपुरका १,रैनादेवी छहराका ३२, बगनासकालीका ८, तिनाउका २, रिब्दीकोट, निस्दीका एक ÷एक जना गरी १ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या २ हजार ६ सय २९ पुगेको छ । जसमा ७ सय ९७ जना महिला र एक हजार ८ सय ३२ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ४५ जना नयाँ संक्रमित देखिएका छन् । २० महिला र २५ पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका ३९, तिनाउका , बगनासकालीका दुई÷दुई, रम्भा र रैनादेवी छहराका एक÷एक जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ सय ४२ जनामा संक्रमण देखिएको छ । कोरोनाका कारण अहिलेसम्म ४३ जनाको मृत्यु भएको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ६ सय ३३ पुगेको छ । अहिलेसम्म जिल्लामा ५ सय ८० जना होम आइसोलेसनमा रहेका छन् भने ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update