Shittalpati
तानसेनमा सेनाले निर्माण गरेको निशान भगवती मन्दिरको प्रधानसेनापतिद्वारा उद्घाटन

पाल्पा, जिल्लाको सदरमुकामा तानसेनमा नेपाली सेनाले निर्माण गरेको पाल्पाको निशान भगवती मन्दिरको एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कोरोना महामारीका बिच भौतिक दुरी कायम गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले विहीबार उद्घाटन गरेका हुन् ।

जिल्ला सदरमुकाम तानसेनको दरबार परिसरमा निर्माण भएको मन्दिर आकर्षक बगंैचा सहित दुई तलको निर्माण भएको छ । नेपाली सेना गोरखदल गण,स्थानीय सरकार तानसेन नगरपालिका,बगनासकाली गाउँपालिका, लुम्बिीनी प्रदेश सरकार,दानवीर, स्थानीय समाजसेवीहरुको सहयोगमा सेनाले मन्दिरको निर्माण गरेको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भिमसेन कार्कीले जानकारी दिए । करिब १ करोड लागतमा मन्दिर निर्माण भएको हो ।


नेपाली सेनाको गोरखदल गणको संक्रिय योगदानमा मध्यम पश्चिम पृतना माताहतका सबै नेपाली सेनाका २३ वटा युनिटहरुबाट आर्थिक सहयोग भएको थियो । मन्दिर निर्माणमा ५१ प्रतिशत सहयोग स्थानीय दानवीरहरुले समेत गरेका छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा मन्दिर पर्न थालेको छ । निशान मन्दिर परिसरमा निर्माण भएको सुन्दर बगैंचा बालबच्च,युवा पुस्ता र वृद्धवृद्धाको घुमफिर गरि मन भुलाउने नयाँ गन्तब्य बनेको छ । फराकिलो बगैंचामा आर्कषक पाल्पाली करुवा,प्रेमको प्रतिक रानिमहल,संघीय नेपालको नयाँ नक्सा,पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङखलाका दृश्य,पाल्पाली ढाका अंकित चित्र ,शुद्ध पिउने पानी र आर्कषक दुबोको बगैंचा मन्दिर परिसरमा देख्न सकिन्छ ।

मन्दिर उद्घाटन कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकारी,नगरप्रमुख अशोक कुमार शाही,प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे, भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय,सहयोगी दानवीर दाताहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियोे ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update