Shittalpati
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीबाट शपथ

लुम्बिनी, लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले बुधबार आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले नवनियुक्त तीन मन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलको उपस्थितिमा शपथ गराएका हुन् ।
मुख्यमन्त्री पोखरेलले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार गठन गरिएको मन्त्रि परिषद्मा मंगलबार पुनर्गठन गरी कार्यविभाजन गरेका थिए । पुनर्गठित मन्त्रिपरिषद्मा तीन नयाँ मन्त्रीलाई थप गरिएको थियो ।
शपथ लिनेमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानूनमन्त्री चेतनारायण आचार्य र शिक्षा
तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव रहेका छन् । नवगठित मन्त्रिपरिषद्मा मुख्यमन्त्री सहित नौ मन्त्री र एक राज्यमन्त्री छन् ।–रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update