Shittalpati
गुल्मीमा चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी, चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान जिल्लाको मुसिकोट नगरपालिका  ४, दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो ।

चट्याङ लागेर १८ वर्षीय करिश्मा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर घाइते भएकी गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा ६३ वर्षीय उजुर सिंह गाहा, ६२ वर्षीया तथीकला गाहा, ३७ वर्षीय तुल बहादुर गाहा, ३२ वर्षीया जुनि गाहा, १४ वर्षीया मेलिना गाहा, ८ वर्षीय जोनित गाहा, ३३ वर्षीय चित्र बहादुर गाहा, २८ वर्षीया ज्योतिकला घर्ती रहेका छन् । घाइते मध्ये ४ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइते सबैको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चट्याङले घरमा समेत क्षति पुगेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update