Shittalpati
पाल्पामा जेठ ४ गतेसम्म निषेधाज्ञा थपियो

पाल्पा, कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बिहीबारको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
यस अघिको निषेधाज्ञा वैशाख २४ गते राती १२ बजेपछि सकिदै छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैंठकले संक्रमण समुदायमै फैलिएपछि वैशाख २४ गते शुक्रबार राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने निर्णय गरेको छ ।


बैंठकले केही बुँदाहरुमा परिवर्तन गरी अरु यथावत नै राखेको छ । यसअघि सरकारी, गैरसरकारी कार्यालय तथा बैंक वित्तिय संघसंस्थहरु सञ्चालन गर्न दिइएको थियो । तर विहीबारको बैंठकले ति सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एक पटक विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चानलन गर्न दिइने छ ।


निषेधाज्ञा अवधिभ अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ । पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनहरु भने पाल्पा जिल्लामा यात्रु ओराल्न र चढाउन नपाउने गरी सञ्चालन गर्न पाउने छन् ।


त्यस्तै गरी सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाँच घर, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल खोल्नमा समेत रोक लगाईएको छ । यस अघि विद्यालयमा निर्माण गरिएका क्वारेन्टाईन तथा आइशोलेशन स्थलहरुलाई सम्बन्धित स्थानीय सरकारहरुले पुनः सञ्चालनमा ल्याउन सक्ने जनाइएको छ । यदि कोही कसैले निषेधाज्ञाको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update