Shittalpati
पाल्पामा विहीबार थपिए १ सय २५ नयाँ संक्रमित,एकको मृत्यु

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २५ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा विहीबार पीसीआर विधिबाट गरिएको परीक्षणमा ७९ र एन्टिजेन विधिबाट ४६ जना गरी १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १ सय जनामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ७९ जनामा संक्रमण देखिएको छ । जसमा माथागढी गाउँपालिकाका, तिनाउ गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका एक÷एक जना, रामपुर नगरपालिकाका २, पूर्वखोला गाउँपालिकाका ५, रैनादेवी छहरा गाउँपालिकाका २, रम्भा गाउँपालिकाका १०, बगनासकाली गाउँपालिकाका ८ र तानसेन नगरपालिकाका ४९ जनामा संक्रमण देखिएको हो । यो सँगै जिल्लामा पीसीआर विधिबाट परीक्षण गरिएका कोरोना संक्रमितको संख्या २ हजार ७ सय ८ पुगेको छ । जसमा ८ सय ३६ जना महिला र एक हजार ८ सय ७२ जना पुरुष रहेका छन् । यस्तै एन्टिजेन परीक्षणमा ४६ जना नयाँ संक्रमित देखिएका छन् । २० महिला र २६ पुरुष गरी ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजेन परीक्षणमा तानसेनका २५, बगनासकालीका ११, रैनादेवी छहराका ९ र निस्दीका १ जनामा संक्रमण देखिएको हो । योसँगै एन्टिजेन परीक्षणमा अहिलेसम्म १ सय ८८ जनामा संक्रमण देखिएको छ ।

यस्तै विहीबार पाल्पामा थप एक जना कोरोना संक्रमित महिलाको ज्यान गएको छ । माथागढी–३, सराईमा डेरा गरी बस्ने स्याङ्जाका २५ वर्षीया महिलाको मृत्यु भएको हो । तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको बुधबारसम्म लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भएको थियो । मृतक महिला बुधबार साँझ सराईस्थित डेरामा फर्किएपछि बिहीबार बिहानदेखि स्वास प्रश्वासमा समस्या आएको पारिवारिक स्रोतले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुन अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । जिल्लाको अहिलेसम्म दुई हजार ९५ जनाले कोरोना जितेका छन् । अहिलेसम्म माथागढीका १ सय २२, रामपुरका २ सय ८५, पूर्वखोलाका २ सय ६६, रैनादेवी छहराका १ सय २९, रम्भाका ९६, बगनासकालीका १ सय ५४, तिनाउका ७५, रिब्दीकोटका ८३, निस्दीका १ सय १९ र तानसेनका ७ सय ६६ जना संक्रमितले कोरोना जितेका छन् । अहिले कुल सक्रिय संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । अहिलेसम्म जिल्लामा ७ सय २० जना होम आइसोलेसनमा रहेका छन् भने ३७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update