पूर्तिघाटका ‘गुलेली मास्टर’नीम श्रीस
बुधबार, जेठ ११, २०७९
प्रेस युनियनको महाधिवेशन भदौ २१ र २२ मा हुने
मंगलबार, जेठ १०, २०७९
नेपाली कांँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशन सरेको छ । युनियनको मंगलबार बसेको सचिवालयको आकस्मिक बैठकले आगामी भदौ २१ र २२ गते बागमती प्रदेशको राजधानी हेटौँडामा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
सरकारको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई आर्थिक वृद्धिको बलियो आधार बनाउनेदेखि रोजगारी सिर्जना गर्ने
मंगलबार, जेठ १०, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नक्कली सुन बेच्ने पक्राउ
मंगलबार, जेठ १०, २०७९
रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो...
कालीगण्डकीका अध्यक्ष थापाको पहिलो निर्णय : निःशुल्क स्वास्थ्य बिमा
मंगलबार, जेठ १०, २०७९
गुल्मीको कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बेदबहादुर थापाले पालिकाका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने पहिलो निर्णय गरेका छन् । अध्यक्ष थापाले शपथ ग्रहणसँगै सोमबार महत्वकांक्षी निर्णय सार्वजनिक गर्दै निःशुल्क स्वास्थ्य बिमा गर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।
दश नयाँ कोरोना संक्रमित थपिए
सोमबार, जेठ ९, २०७९
पछिल्लो समय नेपालमा छिट्टाफट्टा रुपमा कोरोना संक्रमित देखिने गरेका छन् । सोमबार पनि १० जना नयाँ कोरोना संक्रमित देखिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
निमावि लाइसेन्सको विज्ञापन खुला
सोमबार, जेठ ९, २०७९
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले सोमबारदेखि विज्ञापन खुला गरेको हो । तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले असार ७ गतेसम्म अनलाइन दरखास्त दिन सक्नेछन् ।
पाल्पाका एक्लो दलित वडाध्यक्ष
सोमबार, जेठ ९, २०७९
पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एक जनामात्रै दलित उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवार दिए पनि जिल्लाको रामपुर नगरपालिका २ का एक जनामात्रै दलित उम्मेदवारले वडा अध्यक्ष जितेका हुन् । नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका कृष्ण...
लिङ्ग पहिचान गरी गर्भपतन गर्दा छोरी कम जन्मिए
सोमबार, जेठ ९, २०७९
अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले अर्घाखाँचीमा छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५ सय २० र छोरी ४ सय ९८ रहेको जिल्ला स्वास्थ्य कार्यालय तथ्याङ्क शाखाका बसन्त पोख्रेलले जानकारी...
रम्भा गाउँपालिकामा एमालेको अग्रता
सोमबार, जेठ ९, २०७९
जिल्लाको रम्भा गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । यो समाचार तयार पर्दासम्म चार वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले ३ वटा वडामा विजयी हासिल गरेर अग्रता लिएको हो । नेपाली काँग्रेस सहितको गठबन्धनले भने एक वटा वडामा मात्र जित हासिल गरेको छ ।
कालीगण्डकीमा निः शुल्क स्वास्थ्य वीमाको घोषणा
सोमबार, जेठ ९, २०७९
कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष वेदबहादुर थापाले, सोमबार विहान शुभ साईतमा गाउँपालिका भित्रका प्रत्येक नागरिकको निःशुल्क स्वास्थ्य वीमा गर्ने जनप्रिय घोषणा गरेका छन् ।
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
आइतबार, जेठ ८, २०७९
सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो ।


