बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बुधबार, पुस २१, २०७८
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल
बुधबार, पुस २१, २०७८
गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ ।
पुनः वर्षा र हिमपातको सम्भावना
बुधबार, पुस २१, २०७८
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
बुधबार, पुस २१, २०७८
जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।
‘एमाले सरकारको बाधक प्रचण्ड र माधव’
बुधबार, पुस २१, २०७८
नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले नेकपा एमाले सरकारको बाधक प्रचण्ड र माधव नेपाल रहेको बताएका छन् । नेकपा एमाले छत्रकोट गुल्मीले खज्र्याङ्गमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले नेतृत्वको सरकारलाई पुरा समय टिक्न नदिन प्रचण्ड र माधव बाधक बनेको बताएका हुन् ।
ट्रयाक्टर पल्टिंदा दुईको मृत्यु
मंगलबार, पुस २०, २०७८
कपिलवस्तुमा ट्रयाक्टर पल्टिंदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नंको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।
लुम्बिनीमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता
मंगलबार, पुस २०, २०७८
राष्ट्रियसभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन र एमालेले उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएका छन् ।
पाल्पाको रम्भा बन्यो बालमैत्री गाउँपालिका
मंगलबार, पुस २०, २०७८
पाल्पाको रम्भा गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमका बीच बालमैत्री गाउँपालिकाको रुपमा घोषणा गरिएको हो ।
‘स्थानीय तहमा उम्मेदवार बन्नेहरू सदस्यता छोड्नुहोस्’
मंगलबार, पुस २०, २०७८
नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नेहरुले पत्रकारको सदस्यता छोड्नुपर्ने बताएका छन् ।
माथागढीमा पोषण कार्यक्रम समीक्षा तथा गोष्ठी
सोमबार, पुस १९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले पालिकस्तरीय पोषण कार्यक्रम समीक्षा तथा कार्य योजना गोष्ठी गरेको छ । गाउँपालिकाले दुई दिने समीक्षा तथा गोष्ठीको आयोजना गरेको हो । समीक्षामा कार्यक्रमको प्रगति, उपलब्धी र आगामी योजनाका विषयमा छलफल भएको थियो ।
आर्थिक अभावले उपचारमा समस्या परेका दर्जीलाई सहयोग
सोमबार, पुस १९, २०७८
आर्थिक अभावले स्वास्थ्य उपचारमा समस्या परेका मुसिकोट नगरपालिका १ बाङ्गेका शंकर दर्जीलाई आर्थिक सहयोग जुटेको छ । विभिन्न अभियान मार्फत उनलाई सहयोग जुटेको हो । जुटेको सहयोग रकम एक कार्यक्रमका बीच समाजसेवी तारादेवी गौतम र बयोवृद्ध रमा केसीले संयुक्त रुपमा दर्जी परिवारलाई हस्तान्तरण गरेका छन् ।
पपका विद्यार्थीलाई पूर्व विद्यार्थीले दिए स्वास्थ्य सामग्री
आइतबार, पुस १८, २०७८
तानसेनमा रहेको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई २०४२ साल समूहका पूर्व बिद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री दिएका छन् । विद्यालयको २०४२ साल एसएलसी समूहका विद्यार्थीहरूले त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि मास्क, सनिटाइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री दिएका हुन् । उ


