अक्सिजन प्लाण्टका लागि बनाइएको घर हस्तातरण
आइतबार, पुस २५, २०७८
काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्छ: सभापति पन्थी
शनिबार, पुस २४, २०७८
नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेसलाई सबल र सक्षम पार्टी बनाउन सबै सक्रिय हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस रेसुङ्गा नगरपालिका वडा १० को वडा कार्यालय उद्घाटन गर्दै सभापति पन्थीले नेपाली काँग्रेसलाई सबल, सक्षम र गतिशील पार्टी बनाउन सबै तहका समितिहरू सक्रिय हुनुपर्ने बताएका हुन् ।
धनेन्द्रराज घिमिरेको अध्यक्षतामा एमाले पाल्पाको नयाँ नेतृत्व चयन
शनिबार, पुस २४, २०७८
नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनबाट धनेन्दराज घिमिरेको अध्यक्षतामा सर्व सहमतीबाट नयाँ नेतृत्व चयन भएको छ ।
आगामी निर्वाचनमा बहुमत ल्याउँछौं : अध्यक्ष ओली
शनिबार, पुस २४, २०७८
नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशन तानसेनको टिन्टीआपमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गर्दै आगामी तीन वटै निर्वाचनमा एमालेलाई बहुमतमा पुर्याउने बताए । पार्टी अध्यक्ष शर्मा एमालेलाई चारैतिरबाट प्रतिक्रियावादीले घेरा हालेपनि जनताको माझमा एमाले लोकप्रिय रहेको र सरकारमा रहँदा जनता केन्द्रित...
बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुग्यो
शनिबार, पुस २४, २०७८
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा ४ मा रहेको बलेटक्सार बजारमा लिफ्टिङ मार्फत खानेपानी पुगेको छ । बजारवासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । बलेटक्सार बजार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । खानेपानी आयोजनाको गुल्मी क्षेन नम्बर १ सांसद प्रदीपकुमार ज्ञवालीले उद्घाटन...
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षण
शनिबार, पुस २४, २०७८
नेपाली काँग्रेस पाल्पाको आयोजनामा प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । शुक्रबार र शनिबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रमको लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ।
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन
शुक्रबार, पुस २३, २०७८
नेपाली काँग्रेस तानसेन नगर वडा ३ को कार्यालयको समुद्घाटन भएको छ । तानसेनको बसन्तपुरमा नेपाली काँग्रेस वडा ३ को कार्यालयको एक कार्यक्रमका बिच समुद्घाटन भएको हो ।
पाल्पाको कुनसरेमा महिला मृत अवस्थामा फेला
शुक्रबार, पुस २३, २०७८
पाल्पाको कुनसरेमा एक महिला मृत अवस्थामा फेला पेरकी छिन् । तानसेन वडा ६ कुनसरेमा ६५ वर्षीया सरस्वती घर्ती मृत अवस्थामा फेला परेकी हुन् ।
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
शुक्रबार, पुस २३, २०७८
स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा
बिहीबार, पुस २२, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा
बिहीबार, पुस २२, २०७८
नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
बिहीबार, पुस २२, २०७८
लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
बिहीबार, पुस २२, २०७८
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।

.jpg)
