Shittalpati
नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल

कृष्ण पोखरेल
पाल्पा, नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पाटी सरकारमा किङ्ग मेकरको रुपमा स्थापित हुने दावी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पाटी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा.पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेकोले, नेकपा एसको साथ सहयोग बिना सरकार बन्ने अवस्था नहुने भएकोले पाटी किङ्ग मेकरको रुपमा स्थापित हुने आधारहरु रहेको उपमहासचिव पौडेलले दावी गरे ।

कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अहिले छोटो समय भएकोले हामीले चाहेका ऐजेण्डाहरु सरकारमा पूर्णरुपमा लागु गर्न नसकेको बताउँदै पार्टी उपमहाचिव पौडेलले आगामी गठनबन्धनको सरकारलाई नेपाली कृषकको उत्पादन सरकारले खरिद गर्ने गरी बाध्य बनाउने नीति पार्टीले लिएको उपमहासचिव डा.पौडेलले कार्यकर्तालाई बताए । कार्यक्रममा उपमहासचिव पौडेल रक्सी खानु गलत भएपनि नखाई नहुने अवस्थामा विदेशी रक्सी छोडेर नेपाली गाउँ ठाउँमा बनाएको ३ पाने ब्राण्डिङ रक्सीको विक्री वितरण खुला हुनुपर्ने, नेपालमा पनि गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने पक्षमा पार्टीको आगामी सरकारमा जोडदारको रुपमा लविङ गर्ने नेकपा एसका उपमहासचिव पौडेलले कार्यकर्तालाई विश्वस्त बनाए । पाटी बाहिरी चन्दाबाट होइन, कार्यकर्ताको चन्दाबाट सञ्चालन हुनुपर्ने तबमात्र जनताका सहि मुद्दा, व्यापारीहरुको बार्गेनिङबाट बच्न सकिने भएकोले कार्यकर्तालाई आयआर्जनमा केन्द्रित गर्नुपर्ने नेकपा एसका महासचिव पौडेलले बताए ।

संविधानको रक्षा, लोकतन्त्र बचाउन, एमाले पाटी अध्यक्ष केपी ओलीले केशरजंग रायमाझीको धारमा पाटीको गतिविधी संञ्जार गरी नेपालको कम्युनिष्टलाई धरासायी बनाउने अभियानामा सक्रिय भएकोले एमाले बाट विद्रोह गरेको नेकपा एसका उपमहासचिव पौडेलले बताए । कार्यक्रममा नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष एवं पार्टीका आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डेले अहिलेको गठबन्धन अझै १० वर्षसम्म कायम रहने बताएका छन् । गठबन्धन नभएको भए अहिले देशमा ओलीको निरकुंश शासन सञ्चालन हुने, संविधान च्यातिने, संविधानमा नभएका अधिकार प्रयोग गरी देशमा ओलीको निरंकुश सासन सञ्चालनको अवस्थाबाट बचाएको नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष पाण्डेले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष पाण्डेले प्रत्यक्षतर्फ समाजवादीले २५ सिट पाउने, समानुपातिक १५ सिटसम्म ल्याउने गरी तयारी भइरहेको र आगामी निर्वाचन पछि नेकपा एसको प्रतिनिधिसभा कम्तीमा ४० सिट कायम रहने दावी गरे । केन्द्रमा गठवन्धन विच २०७४ सालमा प्रत्यक्ष तर्फ जनु पाटीले जितेको छ त्यही अनुसार सिटबाडको मोडालिटी भएकोले पाल्पा क्षेत्र नंं २ मा समाजवादीको टिकट पक्का जस्तै भएको अध्यक्ष पाण्डेले बताए । पाल्पामा नेकपा एसले ९ वटा पालिकाको सबै वडामा संगठन विस्तार गरेको १ हजार ८ सय कमिटीमा मात्र आवद्ध सक्रिय कार्यकर्ता रहेको, जनमतको दिनहँु बढ्दै गएकोले ढुक्क भएर पार्टीमा काम गर्न नेता तथा कार्यकर्तालाई लुम्बिनी अध्यक्ष पाण्डेले आग्रह गरे । कार्यक्रममा नेकपा एसका केन्द्रिय सदस्य एवं पाल्पा जिल्ला इन्चाज यादवबहादुर रायमाझी, अशोककुमार शाहीले अहिले गठबन्धन प्रजातन्त्रवादी र प्रतिगमनकारी एमाले लगायत राजावादी शक्ति बिच चुनावी प्रतिस्पर्धा रहेकोले प्रजातन्त्रवादी पक्षलाई मतदान गर्न अनुरोध गरे । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य लक्ष्मीदेवी पाठक, पाटी जिल्ला सचिव मोहनलाल गैरे, पाटी जिल्ला अध्यक्ष खिमानन्द पाण्डेले समाजवादीमा जनलहर बद्दै गएको बताए । तानसेन नगर कमिटीका अध्यक्ष रामकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बगनासकाली गाउँ कमिटीका अध्यक्ष निमनारायण ढुङ्गानाले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update