Shittalpati
राप्रपा पाल्पाको उम्मेदवार सिफारिस

कृष्ण पोखरेल
पाल्पा, आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले प्रतिनिधीसभा तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नामावली सिफारिस गरेको छ ।

राप्रपा पाल्पाको विभिन्न क्षेत्रबाट आएका सिफारिसहरुको आधारमा प्रत्यक्षतर्फ प्रतिनिधीसभातर्फ क्षेत्र नंं १ मा ज्ञान बहादुर सिंजाली , क्षेत्र नं. २ मा भोजेन्द्र बहादुर कुवँरलाई सर्वसम्मत एकल नाम सिफारिस गरेको छ ।
समानुपातिक तर्फ डुलबहादुर कुवँर, डिलमाया रामजाली र विर्जु खातीको नाम सिफारिस गरेको छ । यसैगरी प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ क्षेत्र नंं १ क मा बृहस्पती अर्याल, क्षेत्र नंं १ ख मा तुल्सी प्रसाद श्रेष्ठ, क्षेत्र नंं २ क मा राजु गैरे, क्षेत्र नंं २ ख मा चक्रपाणी पौडेलको सर्वसम्मत एकल नाम सिफारिस भएको छ ।

प्रदेश सभा सदस्य समानुपातिक तर्फ क्षेत्र नंं १ क मा गायत्री न्यौपाने र राजेन्द्र ढकाल क्षेत्र नंं १ ख मा डुल बहादुर गाहा र यम बहादुर विश्वकर्माको नाम सिफारिस गरेको छ । क्षेत्र नंं २ क मा कपिल ढुङ्गाना, शान्ती परियार, महमद इमरान खान, मान बहादुर नेपाली, भानु कुमार बज्राचार्य, देवी प्रसाद न्यौपाने (अपाङ्ग) र माधव पराजुली र क्षेत्र नंं २ ख मा मिन बहादुर कुवँरको नाम सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष डुल बहादुर कुवँरले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २७, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update