पाल्पाको सिद्धार्थ राजमार्गमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाइते
बिहीबार, असार १०, २०७८

पाल्पा कोरोना अपडेट: विहीबार ८९ संक्रमित कोरोनामुक्त
बिहीबार, असार १०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ८९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३८ जना महिला र ५१ जना पुरुष कोरोनामुक्त भएका छन्...

नेपाली काँग्रेस मुसिकोट नगरका सभापति शाक्यको निधन
बिहीबार, असार १०, २०७८
नेपाली कांग्रेस मुसिकोट नगरापालिकाका सभापति एवं बरिष्ठ समाजसेवी ५३ वर्षीय सुदर्शन शाक्यको निधन भएको छ । गत शनिबार आफ्नै निवास वामी टक्सारमा हृदयघात भएपछि शाक्यलाई उपचारका लागि बुटवल लगिएको थियो । बुटवलको सामुदायिक अस्पतालमा उपचारथ शाक्यको बुधबार राति निधन भएको हो ।

पाल्पा कोरोना अपडेट: बुधबार २२ जना संक्रमितले कोरोना जिते
बुधबार, असार ९, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २२ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका २२ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १२ जना महिला र १० जना पुरुषले कोरोना जितेका छन्...

मुसिकोटमा रोजगारी, पर्यटन र कृषि प्राथमिकतामा
बुधबार, असार ९, २०७८
जिल्लाको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख सोमनाथ सापकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नगरपालिकाले स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याएको छ ।

नयाँ मन्त्रीहरुलाई कामकाजमा रोक
बुधबार, असार ९, २०७८
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि विस्तार गरिएको मन्त्रिपरषद्लाई मान्यता नदिने अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको मंगलबारको संयुक्त इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि दुई पटक विस्तार गरेको मन्त्रिपरिषद् उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म कामकाज गर्न रोक लगाउने आदेश दिएको हो...

पाल्पा कोरोना अपडेट : मंगलबार ३५ जना संक्रमित कोरोनामुक्त
मंगलबार, असार ८, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ३५ जना संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

पाल्पा कोरोना अपडेट : सोमबार १ सय ४८ जना संक्रमितले कोरोना जिते
सोमबार, असार ७, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ४८ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ४८ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ७२ जना महिला र ७६ जना...

पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
सोमबार, असार ७, २०७८
जिल्लामा क्रियाशिल पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री दिइएको छ । बगनासकाली पत्रकार समूहले कोरोना महामारीको अग्रभागमा रहेर काम गर्दै आएका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा सामग्री दिएको हो ।

गुल्मीका पहिरोपीडितद्वारा भौगर्भिक अध्ययन गर्न सरकारसँग माग
सोमबार, असार ७, २०७८
मनसुन शुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरो गएको छ । पहिरोका कारण कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा बस्ती नै बस्न नमिल्ने गरी जमिन भासिएका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका–७ वेदुखर्कमा असार १ गते पहिरो गयो । पहिरोले दुई घरमा ठूलो क्षति गर्यो । अझै...

पत्रकारलाई कोरोना खोप लगाउन सर्वोच्चको आदेश
आइतबार, असार ६, २०७८
सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

लुम्बिनी प्रदेशलाई बजेट पास गर्न सकस
आइतबार, असार ६, २०७८
जेठ ३० गते बहुमतले नीति तथा कार्यक्रम पारित गरेको लुम्बिनी प्रदेश सरकारलाई अहिले बजेट पास गर्न सकस परेको छ । विपक्षी गठबन्धनको अवरोधका कारण प्रदेश सरकारलाई बजेट पारित गर्न सकस परेको हो ।

पाल्पा कोरोना अपडेट : आइतबार ५३ जना संक्रमितले कोरोना जिते
आइतबार, असार ६, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३३ जना पुरुषले कोरोना जितेका छन्...