Shittalpati
रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

बुटवल, रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने संवाद, क्रियाकलाप अस्वभाविक व्यवहार देखापर्ने अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा. सतिस रुपाखेती बताउन्छन् । ‘यो जन्मजात समस्या हो, तर के कारणले हुन्छ ? यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन’, उनले भने, ‘यद्यपि वैज्ञानिकले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् ।’

डा. रुपाखेतीका अनुसार नेपालमा कूल जनसंख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ । जसअनुसार नेपालमा तीन लाखमा र लुम्बिनी प्रदेशमा आठदेखि १० हजारमा यो समस्या रहेको अनुमान गर्न सकिन्छ । रुपन्देही जिल्लामा करिब दुई सय ५० जना अटिजम केयर सोसाइटीको सम्पर्कमा आएका छन् । रुपन्देही जिल्लामा अटिजम विद्यालय सञ्चालनका लागि रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले एक चरणमा तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटी लुम्बिनीसँग छलफल गरेको छ । लुम्बिनी प्रदेश सरकार, तिलोत्तमा नगरपालिका, शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटीबाट सहयोगको प्रतिवद्धता प्राप्त भएको अध्यक्ष भण्डारीले बताए ।

त्यस्तैगरी अटिजम र सिकलसेस एनिमिया दुई वटा परियोजनामा सहयोग गर्नका लागि क्लबले जापानको ‘रोटरी सेटेलाइट क्लब अफ बाको २१ साकितामा’ लाई प्रस्ताव गरेको छ । –रासस

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update