Shittalpati
बरजु गुठीले मनायो वार्षिक साधारण सभा

पाल्पा, तानसेनमा रहेको बरजु गुठीले सातौं वार्षिक साधारण सभा मनाएको छ । गुठीले श्री धर्मचक्र महाविहारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो । सभाको प्रमुख अतिथी तथा चुडाकर्म व्रर्तवन्ध संघ, धर्मचक्र महाविहारका अध्यक्ष विरेन्द्र काजी शाक्यले उद्घाटन गरेका थिए । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले सामाजिक कार्यमा गुठीले सक्रिय भूमिका खेल्दै आएको बताए । उनले आगामी दिनमा पनि गुठीलाई आफ्नो उद्देश्य अनुरुप कार्य गर्न आग्रह गरे ।

गुठीका अध्यक्ष सुरेशमान बुद्धाचार्यले शाक्य, बज्राचार्य समुदायको संस्कृति र पहिचानलाई कायम गर्दै परस्पर सहयोग, सद्भाव र समझदारीपूर्ण ढंगबाट सूू–संगठीत हुँदै आर्थिक र सामाजिक रुपमा सबल बन्दै गएको बताए । कार्यक्रममा गुठीमा अवद्ध रही विभिन्न क्षेत्रमा निर्वाचित व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । उसले चुडाकर्म (ब्रतबन्ध) संघ, धर्मचक्र महाविहार तानसेनको अध्यक्षमा निर्वाचित विरेन्द्रकाजी शाक्य, प्याब्सन पाल्पाको अध्यक्ष निर्वाचित महेशमान बज्राचार्य, ज्ञानमाला संघ, आनन्द विहार तानसेनको अध्यक्ष निर्वाचित उत्पलकुमार बज्राचार्य, ज्ञानमाला सभा, महाचैत्य विहार, तानसेनको अध्यक्ष पदमा निर्वाचित मनिन्द्रप्रसाद बज्राचार्य, बौद्ध युवा संघ महावोधि विहार एवं नारायण युवा क्लव तानसेनको अध्यक्षमा निर्वाचित किशोर दर्शन बज्राचार्य, नेपाली काँग्रेस तानसेन नगर सभापतिमा निर्वाचित सूूर्वण मुनी शाक्य, करुणा बौद्ध संघ होला·दी, तानसेनको अध्यक्षमा निर्वाचित मदनलाल बज्राचार्य, स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्षहरु हेमन्तराज शाक्य र बाबुरत्न शाक्यलाई सम्मान गरेको हो ।

यस्तै, गुठीबाट सम्पन्न गरिएका सदस्य सहकार्य कार्यक्रममा जिम्मेवारी वहन गर्ने गुठीका कार्यसमिति सदस्य सुरज शाक्य र पुरनबहादुर बज्राचार्यलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा उत्पल कुमार बज्राचार्य, थेरवाद बौद्ध संघ तानसेनका अध्यक्ष छत्रराज शाक्य, गुठीका संस्थापक अध्यक्ष बुद्धरत्न शाक्य, निवर्तमान अध्यक्ष केशवलाल बज्राचार्य, सल्लाहकार विनयराज बज्राचार्य लगायतले गुठीले आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा गुठीका कोषाध्यक्ष धिरजबहादुर बज्राचार्य र महासचिव दिनेश बहादुर बज्राचार्यले गुठीको आयव्यय र वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष सुरेशमान बुद्धाचार्यको अध्यक्षता, उपाध्यक्ष प्रविन बज्राचार्यको धन्यवाद, महासचिव दिनेश ब्रजाचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update