Shittalpati
सशस्त्र प्रहरीले गर्यो मन्दिर परिसर सरसफाई

पाल्पा, सशस्त्र प्रहरीले तानसेनस्थित नारायण मन्दिर परिसर सरसफाई गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नं गुल्म पाल्पाले संविधान दिवसको अवसरमा मन्दिर परिसर सरसफाई गरेको हो । जिल्लाको शान्ति सुरक्षामा मत्वपूर्ण भूमिका खेल्दै आएको प्रहरीले आफुलाई अन्य सामाजिक कार्यमा सक्रिय बनाउँदै आएको छ ।

सोमबार सशस्त्र प्रहरीको टोलीले मन्दिर परिसरमा सरसफाई गरेको हो । सशस्त्र प्रहरी बल पाल्पाका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक उद्धव बनले हाम्रो सेवा भनेको मानव सेवा हुँदै सामाजिक सेवा र राष्ट्रको रक्षामा समर्पित गर्नु रहेको बताए । उनले प्रहरीको सेवा भित्र नै रहेर काम गर्दै अगाडि बढेको बताए । उनले भने ‘सार्वजनिक स्थलमा सरसफाई गर्नु पनि हाम्रो सेवा नै हो, तसर्थ संविधान दिवसको अवसरमा नारायण मन्दिर परिसरको सरसफाई गरेका हौं ।’ ‘यहाँका स्थानीयहरुले यहाँको मूलको पानी प्रयोग गर्ने गर्छन् तर यस परिसरमा सरसफाई नहुँदा दुषित हुने गर्दछ, त्यही भएर नै हामी यही स्थानमै सरसफाई गर्ने योजना बनाएका हौं’ उनले भने । नेपाल रेडक्रस शोसाइटी पाल्पाका कार्यक्रम अधिकृत विनोद भारतीले सशस्त्र प्रहरी बलले सामाजिक सेवामा देखाएको सक्रियता प्रशंसनीय रहेको बताए ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update