Shittalpati
शान्ति समाज पाल्पाको अधिवेशन, अध्यक्षमा देवकोटा

पाल्पा, मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाको २२ औं जिल्ला साधारण सभा तथा ११ औं जिल्ला अधिवेशन भएको छ । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण तथा अधिवेशन गरेको हो । सभाको जिल्ला न्यायधिस कमलराज बिष्टले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका विष्टले मानव अधिकारका घटनाहरुमा शान्ति समाजले खबरदार गर्नु पर्ने बताए । उनले वर्तमान संविधानले आम नागरिकको लागि धेरै अधिकारको प्रत्याभूत गरेकाले कहि कतै अधिकार उल्लंघन भएमा खबरदारी गर्न शान्ति समाजलाई आग्रह गरे ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्ति समाजले मानव अधिकारको संरक्षणको क्षेत्रमा मात्र नभई सामाजिक अभियानमा समेत क्रियाशिल बन्दै गएको धारणा व्यक्त गरे । कार्यक्रममा केन्द्रीय सचिव मीना ढकालले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका विषयदेखि समतामुलक समाजको निमार्णमा शान्ति समाजले महत्वपूर्ण भूमिका खेलेको बताईन् । समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर रावलले मानव अधिकार, विधीको शासन जस्ता क्षेत्रमा स्थापनाकाल देखि नै निरन्तर रुपमा काम गरेकाले आज शान्ति समाज देशब्यापी भएको बताए । न्यायधिवक्ता रवि न्यौपानेले नागरिकको अधिकार सुनिश्चित हुनु नै मानअधिकार रहेको बताए । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष मुक्ति न्यौपानेले शान्ति समाज र पत्रकारीताको एजेण्डा समान हुने बताए ।

नेपाल प्रेस युनियनका सचिव रामचन्द्र रायमाझीले शान्ति समाजले उठान गरेका विषयबस्तु र पत्रकारको विषय समान भएकाले शान्ति समाजसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्थापक जिल्ला सभापति शिव प्रसाद देवकोटा, नागरिक समाजका अगुवा मीनबहादुर केसी,नेपाल नागरिक समाजका अगुवा चित्रवलिराम सुवाल लगायतले आफ्ना धारणा राखेका थिए । समाजका अध्यक्ष अरुण ज्ञवालीको अध्यक्षता,उपाध्यक्ष रेनुका देवकोटाको स्वगात, सचिव सन्तवीर बरालको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।

अध्यक्षमा देवकोटा

यस्तै समाजको ११ औं अधिवेशनले रेनुका देवकोटालाई अध्यक्षमा चयन गरेको छ । जसको उपाध्यक्षमा सन्तवीर बराल, सचिवमा सुशिला रेग्मी, सह–सचिवमा अशोक घिमिरे, कोषाध्यक्षमा इन्दीरा ज्ञवाली (पौडेल) चयन भएका छन् । यस्तै सदस्यहरुमा रमा पन्त, गम्भीर जंग रायमाझी, सरिफ गहतराज, रविन्द्र आचार्य, केशरी बस्नेत, सुनिलबहादुर थापा क्षेत्री, स्वस्तीका श्रेष्ठ, जमुना घिमिरे, चिरञ्जीवी खनाल, युवा संयोजकमा सुमित्रा घर्ती र प्रेस संयोजकमा सन्तोष गहतराज चयन भएको समाजले जनाएको छ । यस्तै समाजको सल्ल्लाहकारमा अरुण ज्ञवाली, कृष्णबहादुर रावल, शिवप्रसाद देवकोटा, पुष्करराज रेग्मी, जगन्नाथ अर्याल र नारायण प्रसाद शर्मा रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update