Shittalpati
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी

गुल्मी, नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।

संघको अधिवेशनबाट पन्थीको नेतृत्वमा १५ सदस्यीय समिति समेत गठन भएको छ । अध्यक्षमा चयन भएपछि भेलालाई सम्बोधन गर्दै पन्थीले सबै नगरका समस्या साझा हुने भएकाले आफूले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । सबै नगरका प्रमुख र उपप्रमुखले जनताको अपेक्षा अनुसार काम गर्न चाहेकाले सबै मिलेर जनताको जीविकोपार्जनलाई माथि उकास्ने कार्यमा एकताबद्ध हुने पन्थीले बताए । भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाका नगर प्रमुख, उपप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिती रहेको थियो लुम्बिनी प्रदेशमा ४ उपमहानगर र ३२ नगरपालिका गरि ३६ नगरहरु नगरपालिका संघ अन्तर्गत रहेका छन् । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेश अध्यक्ष बनेका रेसुंगा नगरपालिका गुल्मीका प्रमुख पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति समेत हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update