Shittalpati
पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने व्यक्ति पक्राउ

पाल्पा, पाल्पामा मोटरसाइकल र भाँडा चोर्ने ब्यक्ति पक्राउ परेका छन् । जिल्लाका विभिन्न स्थानबाट चोरी गर्ने तीन जना पक्राउ परेका हुन् । प्रहरीले मोटरसाईकल चोरी गर्ने एक जना र भाँडा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । मोटरसाईकल चारीको आरोपमा प्रहरीले बाग्लुङ बडिगाड गाउँपालिका– १० का हाल रुपन्देहीको कञ्चन गाउँपालिका–१ बस्ने ३३ वर्षका चेतमान सुनारलाई पक्राउ गरेको छ ।

लु ६४ प ९४२० नम्बरको मोटरसाईकल चोरेर बुटवलतर्फ लैजादै गर्दा सुनारलाई प्रहरीले पक्राउ गरेको हो । तानसेनको वृन्दावनबाट उनले मोटरसाइकल चोरेका थिए । त्यस्तै तानसेनका गोविन्द भण्डारीको घरबाट भाँडा चोर्ने पाल्पा माथागढी गाउँपालिका–२ का साजन नेपाली र सुमन नेपालीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले तानसेन –७ रानीचोरीका गोविन्द भण्डारीको घरबाट तामाका गाग्री एक थान, काशका थाल एक थान, काशको लोटा एक थान, काशको कलश २ थान र तामाको कलश ६ थान चोरी गरेका थिए । तानसेन –७ बाँसटारीस्थित सराईबाट बाँसटारीतर्फ सेतो बोरा बोकी हिडिरहेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update