Shittalpati
लुम्बिनी प्रदेशमा गठबन्धनको सिट बाँडफाँट : यी क्षेत्रमा जुट्यो सहमति

पाल्पा, मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गठबन्धन दलहरुले लुम्बिनी प्रदेशका अधिकांस ठाउँहरुमा सहमति गरेका छन् । गठबन्धन दलहरु बीच भएको छलफल तथा सहमति अनुसार प्रदेशका ५ वटा क्षेत्र बाहेकमा करिब सहमति जुटेको हो ।

लुम्बिनीका २६ सिट मध्ये सहमति अनुसार १२ सिट नेपाली काँग्रेस, ६ सिट नेकपा माओवादी केन्द्र, ३ सिट नेकपा समाजवादी तथा जसपा र जनमोर्चाले १–१ सिट पाउने करिब टुङ्गो लागेको छ भने बाँकी ३ सिटमा टुङ्गो लाग्न बाँकी देखिन्छ ।

पाल्पाका २ क्षेत्रमध्ये काँग्रेस र एकीकृत समावादीले १–१ वटा लिने सहमति नजिक पुुगे पनि नेपाली काँग्रेस र एकिृत समाजवादीको रोजाई एउटै क्षेत्र हुँदा सहमति हुन सकेको छैन । काँग्रेस नेताहरुले १ एकीकृत समाजवादीलाई दिएर २ लिन चाहेका छन् । तर माधवकुमार नेपालले आफ्ना सम्धीसमेत रहेका सोमप्रसाद पाण्डेलाई क्षेत्र नम्बर २ मा नै दिन चाहेकाले सहमति जुट्न सकस भएको हो । क्षेत्र नम्बर १ छाड्नका लागि दुई वटै दल तयार भए पनि २ नम्बर क्षेत्रमा दलको अडान रहेको छ । गुल्मीको १ काँग्रेसले लिने छ भने २ एकीकृत समावादीलाई छाड्न गठबन्धनका दलहरु सहमत भएका छन् । यस्तै रुपन्देहीका ५ क्षेत्र मध्ये ३ वटा क्षेत्रमा सहमति जुटेको छ भने २ वटामा हुन सकेको छैन । गठबन्धन बिचको सहमति अनुसार क्षेत्र १ मा काँग्रेस, जसपा र एकीकृत समाजवादीको दाबी छ भने २ मा काँग्रेस र एकीकृत समाजवादीको । बाँकी ३, ४ र ५ मा काँग्रेसलाई छाड्न अरु दल सहमत भएका छन् । कपिलवस्तुको १ माओवादी केन्द्रले लिनेछ भने २ र ३ काँग्रेसको भागमा परेको छ । अर्घाखाँचीमा काँग्रेसको निश्चित भएको छ । प्युठानमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई छाड्न गठबन्धनमा दलहरु सहमत भएका छन् । रुकुम पूर्व र रोल्पा माओवादी केन्द्रको भागमा परेको छ भने दाङको १ एकीकृत समाजवादी, २ माओवादी र ३ काँग्रेसको भागमा परेको छ । बाँकेको क्षेत्र नम्बर १ माओवादी, २ जसपा र ३ काँग्रेसले लिने छन् भने बर्दियाको १ काँग्रेस र २ माओवादीको भागमा पर्ने सहमति भएको छ । नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ मा काँग्रेस, माओवादी र जसपाको दाबी छ भने २ काँग्रेसलाई छाड्न सत्तारुढ गठबन्धनका दलहरु सहमत देखिएका छन् । देशभर सिटबाँडफाँट हुन अझै बाँकी रहेकाले अन्तिमसम्म केही तलमाथि हुन सक्ने सम्भावना भने देखिन्छ ।

डेढ महिनासम्म निरन्तर छलफल गरेपनि सत्ता गठबन्धन दलले देशभरको सिट बाँडफाँटमा सहमति जुटाउन भने सकेका छैनन् । गठबन्धनमा रहेका पाँच दलबीच मंसिर ४ मा हुने निर्वाचनमा तालमेलमात्रै होइन, प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै सिटमा गठबन्धनबाटै उम्मेदवारी दिने समझदारी छ । तर, अधिकांस क्षेत्रमा कुन सिटमा कुन दलले उम्मेदवारी दिने भन्ने अन्योल अझै टुंगिएको छैन ।

अहिले शीर्ष नेताहरू प्रत्यक्षतर्फका सिट बाँडफाँटको छलफल छोडेर समानुपातिक उम्मेदवार छान्नेतर्फ केन्द्रित भएका छन् । सिट बाँडफाँट गर्न निरन्तर छलफल गर्दा पनि सहमति नजुटेपछि उनीहरुले समानुपातिकतर्फका उम्मेदवार छान्ने र बन्द सूची बुझाएपछि मात्रै प्रत्यक्षतर्फको सिट बाँडफाँट गर्ने भएका हुन् ।

समानुपातिक उम्मेदवार छान्ने चार मापदण्ड

नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय गरेको छ । त्यस्तै उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड काँग्रेसले बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update