Shittalpati
राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते

पाल्पा, सरकारले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आगामी माघ ११ गते आइतबारका दिन निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन माघमा गर्ने निर्णयसहित पाँच निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

 बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची–२ मा हेरफेर गर्ने निर्णय गरेको छ । यसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको प्रवक्ता खरेलले बताए।त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट विषयक कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा यहि कार्तिक १७ देखि २० गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।बैठकले छापाखाना र प्रकाशनसम्बन्धी दोस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ भने नेपाल र मौरिससबिच भएको दोहोरो कर मुक्ति सम्झौता अन्त्य गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update